• २०८१ बैशाख ८ शनिबार

नेप्से सुचक तथा कारोवार रकम दुबै घटे

kharibot

काठमाडौ । साताको तेस्रो कारोवार दिन मंगलबार पनि नेप्से सुचक तथा कारोवार रकम दुबै घटेकाछन् ।

नेप्से आज दुई दसमलव २४ अंकले घटेर ११ सय ६६ दसमलव ६७  बिन्दुमा झर्दा सेन्सिटिभ इन्डेक्स भने शुन्य दसमलव २१ अंकले बढेर दुई सय ५५ दसमलव ५७ बिन्दुमा चढेको छ ।

एक सय ७२ कम्पनीहरुको छ हजार छ सय ३१ वटा कारोवारमा नौ लाख ९२ हजार एक सय २२ कित्ता सेयर खरिद बिक्री भएकाछन । उक्त परिमाणमा सेयर खरिद बिक्री हुंदा कारोवार रकम २३ करोड ७९ लाख ५९ हजार छ सय ५३ रुपैयाँ पुगेको छ । 

नेप्सेमा आज १२ वटा समुहको कारोवार भएकोमा आठ वटा समुहले गुमाएकाछन भने चार वटा समुहले कमाएकाछन । सो अनुरुप गुमाउने समुहमा परेको बाँणिज्य बैंक समुहको सुचक एक दसमलव ७५ अंकले घटेर एक हजार ७० दसमलव ७३ बिन्दुमा झर्दा जलबिद्युत समुहको सुचक आठ दसमलव दुई अंकले घटेर नौ सय ६७ दसमलव ४७ बिन्दुमा झरेको छ ।

यसैगरी फाईनान्स, जीवन बीमा, ट्रेडिङ, उत्पादनमुलक, अन्य र लघुबित्त समुहको सुचक पनि घटेकाछन । बिकास बैंक समुहको सुचक भने आज दुई दसमलव छ अंकले बढेर १५ सय ७२ दसमलव २८ बिन्दुमा चढेकोमा निर्जीवन बीमा समुहको सुचक पनि २२ दसमलव ८२ अंकले बढेर चार हजार चार सय ९० दसमलव ५९ बिन्दुमा चढेको छ । होटल र सामुहिक लगानी कोष समुहको सुचक पनि आज बढेकाछन । 

आज बढी कमाउने कम्पनीको सुचीमा पहिलो स्थानमा परेको हिमालयन ऊर्जा बिकास कम्पनीको प्रतिकित्ता सेयर मुल्य छ रुपैयाँ ७२ पैसाले घटेर एक सय २७ रुपैयाँमा कारोवार भएको छ भने बढी गुमाउने कम्पनीको सुचीमा पहिलो स्थानमा परेको सेन्ट्रल फाईनान्सको प्रतिकित्ता सेयर मुल्य चार रुपैयाँ ४६ पैसाले घटेर एक सय सात रुपैयाँमा कारोवार भएको छ ।

यसैगरी रकम कारोवारका आधारमा पहिलो स्थानमा परेको कुमारी बैंकको प्रतिकित्ता दुई सय तीन रुपैयाँ अन्तिम मुल्यमा एक करोड २५ लाख ९९ हजार आठ सय २९ रुपैयाँको कारोवार भएको छ ।  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै