• २०८१ बैशाख ६ बिहीबार

युएईमाथि नेपालको फराकिलो जित 

kharibot

काठमाडौं । अन्डर १९ एशिया कप अन्तर्गत नेपालले यूएईलाई १६० रनले पराजित गरेको छ ।

नेपालले दिएको २८६ रनको लक्ष्य पछाएको युएई ३४.४ ओभरमा १२५ रन बनाउदा अल आउट भएको हो ।

नेपालको जितमा नेपालका बलर सागर ढकालले ३ विकेट लिए भने रशिद खान, सुर्य तामाङ र पवन सराफले २-२ विकेट लिए । त्यस्तै कमल सिंह ऐरीले एक विकेट लिएका थिए ।   

यस अघि श्रीलंकामा जारी अन्डर १९ एशिया कप अन्तर्गत मारियन्स क्रिकेट ग्राउण्डमा टस हारेर ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २८५ रन बनाएको थियो  ।

नेपालका लागि कप्तान रोहितकुमार पौडेलले ६७ रन बनाएका थिए । उनले तेस्रो विकेटका लागि आशिफ शेखसँग ७१ र चौथो विकेटका लागि सन्दीप जोरासँग ८५ रनको साझेदारी गरेका थिए ।

त्यस्तै आशिफ सेखले ४५ र सन्दीप जोराले ४८ रनको महत्वपूर्ण पारी खेलेका थिए । दुवै ओपनर शुन्यमा गुमाएको नेपालका लागि भीम सार्की मात्र एक रनमा आउट भए । त्यस्तै कुशल मल्लले २२ रन बनाए भने आठौं विकेटका लागि रासिद खान र कमल सिंह ऐरीले ७० रनको उत्कृष्ट साझेदारी गरेका थिए । 

राशिद ४४ रन बनाएर आउट भए भने आक्रामक पारी खेलेका कलमसिंहले २५ बलमा ४१ रन बनाए । त्यस्तै सागर ढकाल २ रनमा नटआउट रहे ।

त्यस्तै युएईका बलर अक्शा ताहिर, संचित शर्माले ३-३ विकेट लिए भने कार्तिक पलानियाप्पाले २ तथा रिशव मुखर्जीले एक विकेट लिए ।

नेपाल प्रतियोगिताबाट बाहिरिए पनि सान्त्वना जित हासिल गर्न भने सफल भएको छ । समुह बि बाट श्रीलंका र बंगलादेश सेमिफाइनलमा पुगेका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै