काठमाडौँ । हिमालयन बैंक लिमिटेडले एशियाली विकास बैंक (एडिबि) बाट टिएफपी अवार्ड पाएको छ ।
हिमालयन बैंकले ट्रेड फाईनान्स कार्यक्रम अन्तर्गत उच्चतम कारोबार गरे बापत एडिबीले टिएफपी अवार्ड २०१९- लिडिङ पार्टनर बैंक इन नेपाल प्रदान गरेको हो ।
एशियाली विकास बैंकद्वारा हिमालयन बैंकलाई बैंकले एशिया प्रशान्त क्षेत्रमा ट्रेड फाईनान्सलाई प्रवद्र्धन गर्न खेलेको प्रभावकारी भूमिकाको लागि उक्त अवार्ड प्रदान गरेको हो ।
सेप्टेम्बर ३, २०१९ मा सिंगापुरमा आयोजित एडिबि ट्रेड फाईनान्स प्रोग्राम अवार्ड समारोहमा बैंकका महाप्रबन्धक सुशिल जोशी र मुख्य प्रबन्धक सतीश राज जोशीले उक्त अवार्ड ग्रहण गरेका थिए ।
बैंकले यस पटक समेत तेश्रो पटक यो अवार्ड प्राप्त गरेको हो ।