मध्यावधि निर्वाचन गराउने प्रधानमन्त्री जोन्सनको प्रस्ताव बिफल

खरीबोट

लण्डन । संसदको कार्यावधि बाँकी हुँदै मध्यावधि निर्वाचन गराउने बेलायती प्रधानमन्त्री बोरिस जोन्सनको प्रस्तावलाई सांसदहरूले दोस्रो पटक बिफल पारिदिएका छन् । 

प्रधानमन्त्री जोन्सनले ब्रेक्जिटको वर्तमान गतिरोध अन्त्यका लागि मध्यावधि निर्वाचन नै एकमात्र विकल्प रहेको भन्दै संसदमा मतदानका लागि प्रस्ताव गरेका थिए । 

सरकारले प्रस्तुत गरेको प्रस्तावको पक्षमा २९३ जना सांसदले मतदान गरेका थिए । हाउस अफ कमन्सका ६ सय ५० सदस्यमा उक्त प्रस्ताव पारित हुन कम्तीमा ४०० सांसदले पक्षमा मतदान गर्नु आवश्यक रहेको थियो ।

संसद् निलम्बन गर्नुअघि संसदमा भएको बहसमा बिना कुनै सहमति युरोपेली संघबाट बाहिरिने बेलायतको योजनालाई रोक्ने कानुनी प्रावधानलाई सरकारले कार्यान्वयनमा ल्याउनुपर्ने माग विपक्षी दलका सांसदले गरेका थिए । 

प्रधानमन्त्री बोरिस जोन्सनले आगामी अक्टोबर ३१ तारिखमा युरोपेली संघबाट बिना सम्झौता बाहिरिने शर्त राखेका थिए ।
 

सम्बन्धित समाचार

ब्रेक्जिट विषयमा बेलायती प्रधानमन्त्री र युरोपियन युनियन प्रमुख भेट गर्दै

बेलायत । बेलायत युरोपियन युनियनबाट बाहिरिने विषयमा छलफल गर्न बेलायती प्रधानमन्त्री बोरिस जोनसनले सोमबार युरोपियन युनियनका अध्यक्षसँग भेटवार्ता गर्ने  बताइएको छ ।  ब्रेक्जिटका विषयमा आफू प्रधानमन्त्री भएपछि जारी राखेको अभियानको पछिल्लो

ब्रेक्जिटबारे छलफल गर्न बेलायती प्रधानमन्त्रीद्वारा इयू नेतासँग भेट गर्दै

लण्डन । यूरोपेली संघ (इयू)बाट बेलायतको बहिर्गमनबारे छलफल गर्न बेलायती प्रधानमन्त्री बोरिस जोनसनले इयू प्रमुख जाँ क्लाउड यङ्करसँग सोमबार कुराकानी गर्ने भएको प्रधानमन्त्री कार्यालयले शुक्रबार जानकारी गराएको छ ।   “प्रधानमन्त्री

ब्रेक्जिटबारे देखिएको चुनौतिका कारण बेलायती अर्थतन्त्रमा समस्या

लण्डन । बेलायतको बेरोजगार दर ४५ बर्ष यताकै निम्न अवस्थामा पुगेको यहाँको सरकारी तथ्याङ्कले देखाएको छ । यूरोपेली संघ (इयू) बाट बेलायतको बहिर्गमन प्रक्रिया अनिश्चित बनेपछि बेलायती अर्थतन्त्र अझ गहिरो सङ्कटतर्फ

बेलायतको ब्रेक्जिट प्रक्रियालाई पछि सार्न फ्रान्स अनिच्छुक

पेरिस । यूरापेली यूनियन (इयू) बाट बेलायतको बहिर्गमन (ब्रेक्जिट) प्रक्रियालाई थप ढिलाई गर्न नहुने फ्रान्सले बताएको छ ।  आइतबार फ्रान्सका विदेशमन्त्री जाँ–येभेस ले ड्रेनले बे्रक्जिट प्रक्रियालाई थप पछि धकेलेमा यसबाट इयू


z