• २०८१ बैशाख १४ शुक्रबार

चाइनिज ताइपेविरुद्ध पहिलो हाफसम्म नेपाल १-० ले अगाडी 

kharibot

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीले विश्व कप छनोट अन्तर्गतको आफ्नो दोस्रो खेलमा चाइनिज ताइपेविरुद्ध पहिलो हाफसम्मको खेलमा १-० को अग्रता लिएको छ ।

अन्जन विष्टले खेलको तेस्रो मिनेटमा नै फ्रिकिक मार्फत गोल गरेका हुन् ।

कुवेतविरुद्धको पहिलो खेलबाट प्रशिक्षक योहान कालिनले तीन खेलाडी परिवर्तन गरेका थिए । त्यसमध्ये अन्जन एक थिए । अघिल्लो खेलमा चोट लागेका डिफेन्डर अजित भण्डारीको स्थानमा दिनेश राजवंशीले आजको खेलमा मौका पाएका छन् ।

सुमन अर्यालको स्थानमा रजिन धिमाल पहिलो रोजाईमा पर्न सफल भएका छन् । मिडफिल्डर विक्रम लामाको स्थानमा अन्जनलाई मौका दिइएको थियो ।

कुवेतविरुको पहिलो खेलमा ७–० को लज्जास्पदक हार बेहोरेको नेपालले आज भने बलियो सुरु वात गरेको छ । नेपाल, चाइनिज ताइपे रहेको समूहमा अस्ट्रेलिया, जोर्डन र कुवेत छन् ।

नेपालको प्लेइङ ११ – किरण चेम्जोङ (कप्तान, गोलकिपर), दिनेश राजवंशी, अनन्त तामाङ, देवेन्द्र तामाङ, रजिन धिमाल, विशाल राई, रोहित चन्द, अन्जन विष्ट, रवी पासवान, सुजल श्रेष्ठ, विमल घर्तीमगर ।      
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै