• २०८१ बैशाख ८ शनिबार

प्रियंका चोपडा अभिनित 'द स्काई इज पिंक' को ट्रेलर सार्वजनिक

kharibot

काठमाडौँ । हलिवुडमा राम्रो स्थान बनाएकी अभिनेत्री प्रियंका चोपडाको बलिवुड फिल्म 'द स्काई इज पिंक' को ट्रेलर सार्वजनिक भएको छ ।

प्रियंकाको करिब ३ बर्षपछि बलिवुडमा पुनरागमन हुन लागेको यस फिल्ममा उनी फरहान अख्तरको अपोजित देखिएकी छन् । यस फिल्ममा प्रियंका, फरहानका अलावा दंगल फेम अभिनेत्री जायरा वसीमको समेत अभिनय रहेको छ । जायराले यस पछि अर्को कुनै बलिवुड फिल्ममा अभिनय नगर्ने घोषणा गरेकी हुनाले सम्भवत उनको यो अन्तिम फिल्म हुने छ ।

आगामी अक्टोबर ११ मा रिलिज हुने यो फिल्मलाई सोनाली बोसले निर्देशन गरेकी छन् । यो फिल्म आयशा चौधरीको जीवनीमा आधारित रहेको छ । जो १३ बर्षको उमेरमा पल्मनरी फाईब्रोसीस रोगबाट ग्रसित भएर पनि एक मोटिभेस्नल स्पिकर बनेकी थिइन् । यहि स्पेतेम्ब्र

१३ मा टोरन्टो इन्टरनेसनल फिल्म फेस्टिवलमा यस फिल्मको प्रिमियर समेत रहेको छ ।

प्रियंकाले सलमान खानसँगको फिल्म भारत छोडेर यो फिल्म साइन गरेकी थिइन् ।

फिल्मको ट्रेलर :

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै