अन्डर १९ एशिया कपको सेमिफाइनल समीकरण पुरा 

खरीबोट

काठमाडौँ । श्रीलंकामा जारी अन्डर १९ एशिया कपको लिग चरणका खेल सकिएसँगै सेमिफाइनलको समीकरण पुरा भएको छ ।

समुह ए बाट भारत र अफगानिस्तान सेमिफाइनलमा पुगेका छन् भने समुह बि बाट घरेलु टिम श्रीलंका र बंगलादेश सेमिफाइनलमा पुगेका हुन् ।

समुह ए बाट भारत पहिलो र अफगानिस्तान दोस्रो हुदै सेमिफाइनलमा पुगेका छन् भने समुह बि बाट बंगलादेश पहिलो र श्रीलंका दोस्रो हुदै सेमिफाइनलमा पुगेका छन् ।

मंगलबार भएको खेलमा बंगलादेशले श्रीलंकालाई ४२ रनले पराजित गरेपछि बंगलादेश समुह बि मा पहिलो भएको हो ।

अब पहिलो सेमिफाइनल खेल समुह ए को पहिलो स्थानमा रहेको भारत र समुह बि को दोस्रो स्थानमा रहेको श्रीलंकाबीच हुने भएको छ । त्यस्तै दोस्रो सेमिफाइनल खेल समुह ए को दोस्रो अफगानिस्तान र समुह बि को पहिलो बंगलादेशबीच हुने भएको छ । 

समुह ए बाट कुवेत र पाकिस्तान तथा समुह बि बाट नेपाल र युएई बाहिरिएका छन् ।

सेमिफाइनलका दुवै खेल आगामी बिहिबार हुने छन् भने प्रतियोगिताको फाइनल खेल आगामी शनिबार हुने छ । 
 

सम्बन्धित समाचार

नेपाली युवा क्रिकेट टिमको भारतमा लगातार दोस्रो हार 

काठमाडौँ । भारतको भ्रमणमा रहेको नेपाली अन्डर १९ क्रिकेट टिम भारतको अन्डर १९ ए टिमसँग पनि पराजित भएको छ । आज सम्पन्न खेलमा भारतको अन्डर १९ ए टिमले नेपाललाई १०७ रनले

भारतीय अन्डर १९ 'ए' ले नेपाललाई दियो २४८ रनको लक्ष्य  

काठमाडौँ । भारतको भ्रमणमा रहेको नेपाली अन्डर १९ क्रिकेट टिमले आज भारतको अन्डर १९ ए टिमसँग खेलिरहेको छ । भारतीय अन्डर १९ ए टिमले पहिला ब्याटिंग गर्दै नेपाली युवा टिमलाई २४८

नेपाली युवा टिम १० विकेटले पराजित 

काठमाडौँ । भारतको भ्रमणमा रहेको नेपाली अन्डर १९ क्रिकेट टिम भारतको अन्डर १९ सी टिमसँग पराजित भएको छ । सोमबार सम्पन्न खेलमा भारतको अन्डर १९ सी टिमले नेपाललाई १० विकेटले पराजित

अन्डर १९ टिमको भारत टुर : नेपाल ११४ रनमा अल आउट 

काठमाडौँ । भारतको भ्रमणमा रहेको नेपाली अन्डर १९ क्रिकेट टिमले आज भारतको अन्डर १९ सी टिमसँग खेलिरहेको छ । नेपाली अन्डर १९ टिम पहिला ब्याटिंग गर्दै ११४ रनमा अल आउट भएको


z