काठमाडौँ । श्रीलंकामा जारी अन्डर १९ एशिया कपको लिग चरणका खेल सकिएसँगै सेमिफाइनलको समीकरण पुरा भएको छ ।
समुह ए बाट भारत र अफगानिस्तान सेमिफाइनलमा पुगेका छन् भने समुह बि बाट घरेलु टिम श्रीलंका र बंगलादेश सेमिफाइनलमा पुगेका हुन् ।
समुह ए बाट भारत पहिलो र अफगानिस्तान दोस्रो हुदै सेमिफाइनलमा पुगेका छन् भने समुह बि बाट बंगलादेश पहिलो र श्रीलंका दोस्रो हुदै सेमिफाइनलमा पुगेका छन् ।
मंगलबार भएको खेलमा बंगलादेशले श्रीलंकालाई ४२ रनले पराजित गरेपछि बंगलादेश समुह बि मा पहिलो भएको हो ।
अब पहिलो सेमिफाइनल खेल समुह ए को पहिलो स्थानमा रहेको भारत र समुह बि को दोस्रो स्थानमा रहेको श्रीलंकाबीच हुने भएको छ । त्यस्तै दोस्रो सेमिफाइनल खेल समुह ए को दोस्रो अफगानिस्तान र समुह बि को पहिलो बंगलादेशबीच हुने भएको छ ।
समुह ए बाट कुवेत र पाकिस्तान तथा समुह बि बाट नेपाल र युएई बाहिरिएका छन् ।
सेमिफाइनलका दुवै खेल आगामी बिहिबार हुने छन् भने प्रतियोगिताको फाइनल खेल आगामी शनिबार हुने छ ।