• २०८१ बैशाख ८ शनिबार

चाइनिज ताइपेमाथि नेपालको जित, अन्जनले गरे दुई गोल 

kharibot

फाइल तस्बीर

काठमाडौं । विश्व कप छनोट अन्तर्गतको नेपालले आफ्नो दोस्रो खेलमा चाइनिज ताइपेलाई पराजित गरेको छ ।

आज भएको खेलमा अन्जन विष्टको २ गोलको मद्धतले नेपालले चाइनिज ताइपेलाई २-० गोल अन्तरले पराजित गरेको हो ।

नेपाललाई अन्जन विष्टले खेलको तेस्रो मिनेटमा नै फ्रिकिक मार्फत गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए ।

त्यसपछि दोस्रो हाफको ६२औ मिनेटमा दोस्रो गोल गर्दै अन्जनले नेपाललाई २-० को अग्रता दिलाएका थिए ।

कुवेतविरुद्धको पहिलो खेलमा नखेलेका अन्जन प्रशिक्षक योहान कालिनले तीन खेलाडी परिवर्तन गर्दा आजको खेलमा खेल्ने अवसर पाएका थिए ।

फिफा वरियतामा १२५औ स्थानमा रहेको चाइनीज ताइपेलाई १६६औ स्थानमा रहेको नेपालले सजिलै पराजित गरेको छ ।  

विश्वकप छनौटको एशियामा समुह बि मा रहेको नेपालको २ खेलमा अब ३ अंक भएको छ ।

यस अघि कुवेतविरुको पहिलो खेलमा ७–० को लज्जास्पदक हार बेहोरेको थियो । समुह बि मा नेपालसहित चाइनिज ताइपे अस्ट्रेलिया, जोर्डन र कुवेत रहेका छन् ।

नेपालको प्लेइङ ११ – किरण चेम्जोङ (कप्तान, गोलकिपर), दिनेश राजवंशी, अनन्त तामाङ, देवेन्द्र तामाङ, रजिन धिमाल, विशाल राई, रोहित चन्द, अन्जन विष्ट, रवी पासवान, सुजल श्रेष्ठ, विमल घर्तीमगर ।      
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै