• २०८१ बैशाख ८ शनिबार

वामदेव गौतमलाई डेंगुको संक्रमण नभएको पुष्टि

kharibot

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सचिवालय सदस्य वामदेव गौतमलाई डेंगुको संक्रमण नभएको पुष्टि भएको छ ।

सोमबार ज्वरो आएपछि गौतमले टेकु अस्पताल परीक्षण गराएका थिए। परीक्षण रिपोर्टमा गौतमलाई डेंगुको संक्रमण नरहेको पाइएको हो । 

उनलाई शनिबार ज्वरो आएपछि चिकित्सकहरूले डेंगुको आशंका गरेका थिए । नेता गौतमका स्वकीय सचिव दिपक तामाटाले सामाजिक सञ्जाल फेसबुकमार्फत उनी सामान्य रुघाखोकीका कारण घरमै आरामै गरिरहेको बताउदै गौतमको ब्लड रिपोर्ट समेत सार्वजनिक गरेका छन् ।

उनले सामाजिक सञ्जाल र समाचारमा आएजस्तो नेता गौतम डेंगुबाट संक्रमित नभएको जानकारी गराएका छन् ।

देशभर डेंगुको संक्रमण फैलिए पछि कृषि मन्त्री चक्रपाणी खनाल, वरिष्ठ आखा रोग विशेषज्ञ डा. सन्दुक रुइतलगायतका विशिष्ट व्यक्तिलाई डेंगु संक्रमण भएको छ । 

डेंगुबाट देशभर अहिलेसम्म ६ हजार भन्दा बढी प्रभावित भयेक ओर चार जनाको ज्यान गएको छ ।    

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै