• २०८१ बैशाख ८ शनिबार

प्रधानसेनापति थापाको सम्पत्ति विवरण सार्वजनिक, कति छ सम्पति ?

kharibot

काठमाडौं । नेपाली सेनाले प्रधानसेनापति पूर्णचन्द्र थापाको सम्पत्ति विवरण पहिलो पटक सार्वजनिक गरेको छ ।

प्रधानसेनापति पूर्णचन्द्र थापाले नेपाली सेनाको वेबसाईटमार्फत् आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका हुन् ।

आफ्नो एक वर्षे कार्यकालको अवसर पारेर सैनिक मुख्यालय भद्रकालीमा एक कार्यक्रमका बीच मंगलबार उनले आफ्नो सम्पत्ति वितरण नेपाली सेनाको वेबसाईटमार्फत सार्वजनिक गरेका हुन् ।

उनले नेपाली सेनामा आवद्ध सबैलाई पनि आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्न सचेत गराए ।

प्रधानसेनापति थापाले आज नेपाली सेनाको वेबसाइटमार्फत सार्वजनिक गरेको सम्पत्ति विवरणमा उनको काठमाडौँ महानगरपालिका–२६ लैनचौरमा आठ आना जग्गा र घर छ । सो जग्गा आमाबाट बकसपत्रमार्फत प्राप्त भएको हो ।

थापाको लमजुङ बेँसीशहर नगरपालिका–४ मा अंशबण्डाबाट प्राप्त भएको १२ रोपनी, श्रीमती दीपाको नाममा कामनपा–२६ मा दुई आना माइतीबाट प्राप्त र थापा दम्पतीको नाममा कामनपा–५ मा चार रोपनी ११ आना जग्गा छ ।

थापा दम्पतीको नाममा नवलपरासीको कोल्हुवा–५ मा १२ कट्ठा छ धुर तथा छोरी रुरुको नाममा लमजुङको बेँसीशहरमा एक रोपनी जग्गा रहेको छ ।

यस्तै प्रधानसेनापति थापाको नेपाल इन्भेष्टमेन्ट बैंकमा रु १६ लाख ६१ हजार, सोही बैंकमा पाँच हजार नौ सय अमेरिकी डलर, ग्लोबल आइएमई बैंकमा रु ४२ हजार र श्रीमतीको नाममा मेघा बैंकमा रु ५० हजार रहेको छ ।

श्रीमतीको नाममा मेघा बैंकको २४ हजार कित्ता प्रमोटर र नौ हजार साधारण शेयर रहेको छ भने डिसिबिएल बैंक र ग्लोबल बैंकमा ७० र शिवश्री हाइड्रोपावरमा १० हजार कित्ता शेयर रहेको उल्लेख छ ।

उनले ग्लोबल आइएमईबाट रु १८ लाख, कल्याणकारी कोषबाट रु पाँच लाख, एनबी बैंकबाट रु ९८ लाख र लक्ष्मी बैंकबाट रु ३० लाख ४५ हजार विभिन्न मितिमा ऋण लिएको देखिएको छ । उनीसँग फिगो फोर्ड कार रहेको छ ।  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै