• २०८१ बैशाख १३ बिहीबार

बेचिएका बालकको उद्धार

kharibot

कञ्चनपुर । भारतको हिमाचलमा बेचिएका दाङ तुलसीपुर उपमहानगरपालिका बिजौरी घर भएका १४ वर्षीय विशाल चौधरीको उद्धार गरिएको छ ।

हिमाचलस्थित शिमलाको पुजालीबाट सञ्चारकर्मी दीपेन्द्र बस्नेत र सामाजिक अभियन्ता अमर बिष्टको सक्रियतामा चौधरीको सकुशल उद्धार गरिएको हो । 

भारतको लखनऊका गौरव श्रीवास्तवको सहयोगमा विशालको उद्धार गरी नेपाल ल्याउन लागेको सञ्चारकर्मी बस्नेतले बताए । मानव ओसारपसार गर्ने गिरोहको जालमा परेर एक महीनाअघि विशाल हिमाचल पुगेका थिए । उनले भने, “मानव ओसारपसार गर्नेहरुविरुद्ध कारवाहीका लागि सम्बन्धित निकायसँग पहलका लागि आग्रह गरिनेछ ।”  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै