उपनिर्वाचनमा ४ लाख ४७ हजार मतदाता, दाबी विरोध असोज १ देखि

खरीबोट

काठमाडौँ । आगामी मङ्सिर १४ गते  प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य र स्थानीय तहका गरी विभिन्न ५१ पदका लागि हुने उपनिर्वाचनका लागि सङ्कलन गरिएको नामवलीसम्बन्धी दाबी विरोधका कार्यक्रम असोज १ गतेदेखि हुने भएको छ ।

निर्वाचन आयोगका अनुसार मतदाता नामावली तयार गर्ने सिलसिलामा उपनिर्वाचन हुने ३७ जिल्लाका १५४ वडा कार्यालय कुल ४ लाख ४७ हजार ७ सय ९२ मतदाताको नामावली तयार भएको छ ।

आयोगले सहायक नाम दर्ता अधिकारीको कार्यालयमा मतदाता नामावली अद्यावधिक कार्यक्रम रहेको जनाएको छ ।

निर्वाचन सञ्चालन हुने सम्बन्धित वडाका मतदातालाई आ–आफ्नो वडा कार्यालयमा सम्पर्क गरी मतदाता नामावलीमा रहेका त्रुटि सच्याउने, उजुरी दिने, दोहोरो नाम हटाउने, मृत्यु भएका, नागरिकता रद्द÷त्याग गरेका मतदाताको नाम हटाई शुद्ध मतदाता नामावली तयार गर्ने कार्यमा सहयोग गर्नु आयोगले सबैमा अनुरोध गरिएको छ ।

मुलुकका ३७ जिल्लाका १५४ वडामा चार लाख ४७ हजार ७९२ मतदाताको नामावली विवरण तयार गरी आद्यावधिक कार्यक्रम (दाबी विरोध) प्रयोजनका लागि सम्बन्धित जिल्लामा पठाई सकिएको आयोगका प्रवक्ता शङ्करप्रसाद खरेलले जानकारी दिए ।
नाम दर्ता बिहान १० देखि ५ बजेसम्म रहने र विदाको दिनमा पनि सञ्चालन हुनेछ ।

मतदाता नामावली प्रकाशन असोज १ गते, २ गते नाम सच्याउने, ७ गते सच्याएको नाम छानबिन गरी अभिलेखमा अद्यावधिक गर्ने, ८ गते सच्याएको नाम सूचना पार्टीमा टाँस्ने र नामावली प्रकाशित गर्ने तथा १० गते अद्यावधिक गरिएको अन्तिम नाम जिल्ला निर्वाचन कार्यालयमा बुझाउने कार्यक्रम रहेको निर्वाचन आयोगले जनाएको छ ।  
 

सम्बन्धित समाचार

लेखा परीक्षण प्रतिवेदन दुई दिनभित्र बुझाउन राजनीतिक दललाई ध्यानाकर्षण

काठमाडौँ । आगामी मङ्सिर १४ गते प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य र स्थानीय तहका विभिन्न पदका लागि हुने उपनिर्वाचन प्रयोजनका लागि नौ राजनीतिक दलले निर्वाचन आयोगमा दल दर्ता गराइसकेका छन् । आयोगमा दर्ता नभएका,

नेकपा सचिवालय बैठक : उपनिर्वाचनसम्बन्धी काम गर्ने जिम्मेवारी महासचिव पौडेललाई

काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकले आउँदो मङ्सिरमा हुन लागेको उपनिर्वाचनको सम्पूर्ण प्रक्रिया पूरा गर्न महासचिव विष्णु पौडेललाई जिम्मेवारी दिएको छ ।  प्रधानमन्त्री निवास बालुवाटारमा आज

उपनिर्वाचनमा ४ लाख ४७ हजार मतदाता, दाबी विरोध असोज १ देखि

काठमाडौँ । आगामी मङ्सिर १४ गते  प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य र स्थानीय तहका गरी विभिन्न ५१ पदका लागि हुने उपनिर्वाचनका लागि सङ्कलन गरिएको नामवलीसम्बन्धी दाबी विरोधका कार्यक्रम असोज १ गतेदेखि

उपनिर्वाचनका लागि दल दर्ता आह्वान

काठमाडौँ । निर्वाचन आयोग नेपालले आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनमा भाग लिन चाहने राजनीतिक दललाई दल दर्ताका लागि निवेदन दिन आह्वान गरेको  छ । आयोगका प्रवक्ता शङ्करप्रसाद खरेलका अनुसार दल


z