पोर्चुगलको लिथुआनियामाथि फराकिलो जित, रोनाल्डोले गरे ४ गोल

खरीबोट

काठमाडौं । युरोकप छनौट अन्तर्गत पोर्चुगलले लिथुआनियामाथि फराकिलो जित हासिल गरेको छ ।

गएराती सम्पन्न खेलमा पोर्चुगलले लिथुआनियालाई ५-१ गोल अन्तरले पराजित गरेको हो ।

पोर्चुगलको जितमा क्रिस्टियानो रोनाल्डोले ४ गोल गरेका थिए । रोनाल्डोले खेलको ७औ मिनेटमा पेनाल्टीबाट गोल गर्दै सुरुवाती अग्रता दिलाएकोमा खेलको ६१औ, ६५औ र ७६औ मिनेटमा गोल गरेका थिए । त्यस्तै पोर्चुगलका लागि पाँचौ गोल विलियन कार्भाल्होले गरेका थिए ।

रोनाल्डोले यो चार गोल सहित आफ्नो अन्तर्राष्ट्रिय गोल संख्या ९३ बनाएका छन् । साथै अन्तर्राष्ट्रिय खेलमा उनको यो आठौ ह्याट्रिक हो ।

लिथुआनियाका लागि एक गोल भ्याटाउटास एन्ड्रीउसकेभिसियसले गरेका थिए ।

यो जितसँगै पोर्चुगल युरोकप छनौटको समुह बि मा ४ खेलमा ८ अंक हासिल गर्दै दोस्रो स्थानमा उक्लिएको छ । त्यस्तै लुथिआनियाको भने ५ खेलमा केवल एक अंक रहेको छ । समुह बि मा युक्रेन ५ खेलमा १३ अंक हासिल गर्दै शिर्ष स्थानमा रहेको छ ।

युरोकप छनौट अन्तगत पोर्चुगलले अब अर्को खेल आगामी अक्टोबर १२ मा लक्जेम्बर्गविरुद्ध खेल्ने छ ।

सम्बन्धित समाचार

इङल्याण्डको जितमा युवा खेलाडी सान्चोको २ गोल

काठमाडौं । युरोकप छनौट अन्तर्गत इङल्याण्डले कोसोभोमाथि सहज जित हासिल गरेको छ । अत्यन्त प्रतिष्पर्धात्मक खेलमा इङल्याण्डले कोसोभोलाई ५-३ गोल अन्तरले पराजित गरेको हो । इङल्याण्डको जितमा युवा खेलाडी जाडोन सान्चोले २

एन्डोरामाथि फ्रान्सको सहज जित, ग्रीजम्यानद्वारा अर्को पेनाल्टी मिस

काठमाडौं । युरोकप छनौट अन्तर्गत फ्रान्सले एन्डोरामाथि जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा फ्रान्सले एन्डोरालाई ३-० गोल अन्तरले पराजित गरेको हो । फ्रान्सको जितमा किंग्सले कोम्यान, क्लेमेन्ट लेन्ग्लेट र बेन

युरोकप छनौटमा जर्मनी र नेदरल्याण्डसको जितपछि रोचक बन्यो समुह सि

काठमाडौँ । युरोकप छनौट अन्तर्गत गएराती नेदरल्याण्डस र जर्मनीले आ-आफ्ना खेल जितेपछि समुह सी को अंक गणित रोचक बनेको छ । जर्मनीले दोस्रो स्थानमा रहेको उत्तरी आयरल्याण्डलाई २-० ले पराजित गर्यो

युरोकप छनौट : फिनल्याण्डमाथि इटालीको जित

काठमाडौं । युरोकप छनौट अन्तर्गत इटालीले फिनल्याण्डलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा इटालीले फिनल्याण्डलाई २-१ गोल अन्तरले पराजित गरेको हो । इटालीको जितका लागि चेल्सीका मिडफिल्डर जोर्जिन्हो र किरो इम्मोबिलेले


z