• २०८१ बैशाख ६ बिहीबार

पोर्चुगलको लिथुआनियामाथि फराकिलो जित, रोनाल्डोले गरे ४ गोल

kharibot

काठमाडौं । युरोकप छनौट अन्तर्गत पोर्चुगलले लिथुआनियामाथि फराकिलो जित हासिल गरेको छ ।

गएराती सम्पन्न खेलमा पोर्चुगलले लिथुआनियालाई ५-१ गोल अन्तरले पराजित गरेको हो ।

पोर्चुगलको जितमा क्रिस्टियानो रोनाल्डोले ४ गोल गरेका थिए । रोनाल्डोले खेलको ७औ मिनेटमा पेनाल्टीबाट गोल गर्दै सुरुवाती अग्रता दिलाएकोमा खेलको ६१औ, ६५औ र ७६औ मिनेटमा गोल गरेका थिए । त्यस्तै पोर्चुगलका लागि पाँचौ गोल विलियन कार्भाल्होले गरेका थिए ।

रोनाल्डोले यो चार गोल सहित आफ्नो अन्तर्राष्ट्रिय गोल संख्या ९३ बनाएका छन् । साथै अन्तर्राष्ट्रिय खेलमा उनको यो आठौ ह्याट्रिक हो ।

लिथुआनियाका लागि एक गोल भ्याटाउटास एन्ड्रीउसकेभिसियसले गरेका थिए ।

यो जितसँगै पोर्चुगल युरोकप छनौटको समुह बि मा ४ खेलमा ८ अंक हासिल गर्दै दोस्रो स्थानमा उक्लिएको छ । त्यस्तै लुथिआनियाको भने ५ खेलमा केवल एक अंक रहेको छ । समुह बि मा युक्रेन ५ खेलमा १३ अंक हासिल गर्दै शिर्ष स्थानमा रहेको छ ।

युरोकप छनौट अन्तगत पोर्चुगलले अब अर्को खेल आगामी अक्टोबर १२ मा लक्जेम्बर्गविरुद्ध खेल्ने छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै