• २०८१ बैशाख १२ बुधबार

एन्डोरामाथि फ्रान्सको सहज जित, ग्रीजम्यानद्वारा अर्को पेनाल्टी मिस

kharibot

काठमाडौं । युरोकप छनौट अन्तर्गत फ्रान्सले एन्डोरामाथि जित हासिल गरेको छ ।

गएराती सम्पन्न खेलमा फ्रान्सले एन्डोरालाई ३-० गोल अन्तरले पराजित गरेको हो ।

फ्रान्सको जितमा किंग्सले कोम्यान, क्लेमेन्ट लेन्ग्लेट र बेन एडडरले एक एक गोल गरेका थिए ।

यस खेलमा बार्सिलोनाबाट खेल्ने एन्टोनी ग्रीजम्यानले खेलको २८औ मिनेटमा फ्रान्सले पाएको पेनाल्टी मिस गरेका थिए । ग्रीजम्यानको यो लगातार दोस्रो खेलमा पेनाल्टी मिस हो । यस अघि अघिल्लो अल्बानियाविरुद्धको खेलमा समेत उनले पेनाल्टी मिस गरेका थिए ।

आफ्ना स्टार खेलाडी किलीयन एम्बाप्पे र पाउल पोग्वा बिना खेलेको फ्रान्सले लगातार दोस्रो खेलमा जित निकालेको छ । दुवै जना इन्जुरीका कारण टिमबाट बाहिर रहेका छन् । 

यो जितसँगै फ्रान्स समुह एचमा ६ खेलमा १५ अंक हासिल गर्दै शिर्ष स्थानमा रहेको छ । त्यस्तै एन्डोराले भने अहिलेसम्म खेलेका सबै ६ खेलमा हार बेहोरेको छ ।

यस समुहमा टर्की पनि ६ खेलमा १५ अंकसहित दोस्रो स्थानमा छ भने आइसल्याण्ड ६ खेलमा १२ अंकसहित तेस्रो स्थानमा छ ।

अब फ्रान्सले युरोकप छनौट अन्तर्गत आगामी अक्टोबर १२ मा आइसल्याण्डविरुद्ध खेल्ने छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै