• २०८१ बैशाख ६ बिहीबार

इङल्याण्डको जितमा युवा खेलाडी सान्चोको २ गोल

kharibot

काठमाडौं । युरोकप छनौट अन्तर्गत इङल्याण्डले कोसोभोमाथि सहज जित हासिल गरेको छ ।

अत्यन्त प्रतिष्पर्धात्मक खेलमा इङल्याण्डले कोसोभोलाई ५-३ गोल अन्तरले पराजित गरेको हो ।

इङल्याण्डको जितमा युवा खेलाडी जाडोन सान्चोले २ गोल गरेका थिए भने रहिम स्टरलिङ र ह्यारी केनले एक एक गोल गरेका थिए । त्यस्तै कोसोभोका मेर्गिम भोजभोडाले आत्मघाती गोल गरेका थिए ।

त्यस्तै कोसोभोका लागि भालोन बेरिशाले २ तथा भेडात मुरिकीले एक एक गोल गरेका थिए ।

खेलको पहिलो मिनेटमै गोल खाएको इङल्याण्डले खेलमा पुनरागमन गर्दै जित हासिल गरेको थियो ।

यो जितसँगै समुह ए मा इङल्याण्डले चारै खेलमा जित हासिल गर्दै १२ अंकसहित शिर्ष स्थानमा रहेको छ । त्यस्तै कोसोभो भने ५ खेलमा ८ अंक हासिल गर्दै तेस्रो स्थानमा रहेको छ ।

युरोकप छनौट अन्तर्गत अब इङल्याण्डले अर्को खेल आगामी अक्टोबर १२ मा चेक रिपब्लिकविरुद्ध खेल्ने छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै