• २०८१ बैशाख ४ मंगलबार

सिपिएलमा गेलको तुफानी शतक, जमैकाले बनायो अहिलेसम्मकै उच्च रन

kharibot

काठमाडौं । जारी क्यारेबियन प्रिमियर लिग (सिपिएल) अन्तर्गत युनिभर्स बोस क्रिस गेलले शतकीय पारी खेलेका छन् ।

जमैका तल्लावाहबाट खेल्दै गेलले ५४ बलमा शतक बनाएका छन् । गेलले ६२ बलमा ११६ रन बबनाएर आउट भएका थिए ।

गेलको सिपिएलमा यो चौथो शतक हो । सिपिएलमा गेलसँगै डावने स्मिथले पनि चार शतक हानेका छन् ।

गेल्को तुफानी शतक र चडविक वाल्टनको ३६ बलमा ७३ रनको पारीको मद्धतले तल्लावाहले सेन्ट किट एण्ड नेभिस प्याट्रियट्सलाई २४२ रनको लक्ष्य दिएको छ ।

सातौ सिजनसम्मको सिपिएलको इतिहासमा जमैका तल्लावाहले बनाएको यो अहिलेसम्मकै उच्च रन हो । सेन्ट लुसियाले बर्बाडोस ट्रीडेन्टविरुद्ध २०१८ मा २२६ रन बनाएको रेकर्ड थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै