• २०८१ बैशाख ४ मंगलबार

नेकपाको सचिवालय बैठक आज बस्दै, यस्ता छन् एजेन्डा

kharibot

फाइल तस्बीर

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज बुधबार बस्ने भएको छ ।

नेकपा कार्यालय सचिव ईश्वरी रिजालले पार्टी एकताका बाँकी काम टुङ्ग्याउने गरी प्रधानमन्त्री निवास बालुवाटारमा अपराह्न ४ बजे बैठक बस्ने जानकारी गराए । 

यसअघि प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली सिङ्गापुर उपचारका क्रममा रहनुभएका बेला अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा गत भदौ ९ गते बैठक बसेको थियो । 

नेकपाको एकताको काम अधिकांश टुङ्गिए पनि प्रवास कमिटी, ज्येष्ठ कम्युनिष्ट मञ्च, अनुशासन आयोग,  महानगरपालिका, केन्द्रीय सल्लाहकार समिति, राष्ट्रिय परिषद् र विभिन्न आयोगमा एकता बाँकी नै रहेका छन् । 

प्रचण्डको अध्यक्षतामा बसेको बैठकले प्रधानमन्त्री ओलीसहितको बैठकले गरेका जनवर्गीय सङ्गठन र विभागको इञ्चार्ज र सहइञ्चार्जमा केही हेरफेर गरेको थियो ।

यसैगरी सोही बैठकले पार्टीभित्र अनुशासन खस्कँदै गएको भन्दै कुनै पनि विषय पार्टीभित्र नराखी सार्वजनिक रुपमा प्रचारबाजी गर्नेमाथि कारवाही गर्ने निर्णयसमेत गरेको थियो । 

प्रधानमन्त्री उपचार गरेर फर्केपछि पहिलोपटक आज सचिवालयको बैठक बस्न लागेको हो । उनी उपचारका लागि सिङ्गापुर गएको दिन गत भदौ ५ गते पनि सचिवालय बैठक बसेको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै