• २०८१ बैशाख ७ शुक्रबार

मन्त्री खनाल डेंगुको उपचारपछि घर फिर्ता

kharibot

काठमाडौँ । कृषि तथा पशुपन्छी विकासमन्त्री चक्रपाणि खनाल उपचारपछि घर फर्किएका छन् । डेङ्गु रोगबाट सङ्क्रमित भई ग्राण्डी अन्तरराष्ट्रिय अस्पतालमा उपचार गराएका उनी सोमबार घर फर्किएको अस्पतालका बजार तथा व्यापार विकास विभागका प्रमुख दिनेश पौडेलले जानकारी दिए । 

उनले मन्त्री खनालको सफल उपचार गरेपछि घर फर्काइएको बताए । मन्त्री खनाललाई गत भदौ १७ गते एक्कासि ज्वरो आएपछि उपचारका लागि पुल्चोकस्थित भदौ १८ गते बिहान पुल्चोकस्थित निदान अस्पताल गएका थिए । उपचारका क्रममा रगत परीक्षण गर्दा सो रोग प्रमाणित भएको थियो । 

टेकुस्थित ट्रपिकल तथा सरुवा रोग अस्पतालको प्रयोगशालामा रगत परीक्षण गरिएको थियो । सरुवा रोग अस्पतालमा श्ययाको अभाव भएपछि निदान अस्पतालबाट ग्राण्डी अस्पतालमा मन्त्री खनालको उपचार भएको थियो । उनको उपचार डा विनय रेग्मीसहितको टोलीले गरेको थियो ।

यसैगरी नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सचिवालय सदस्य वामदेव गौतमलाई डेङ्गु नभएको पुष्टि गरिएको छ । उनका स्वकीय सचिव दीपक टमट्टाले रगत परीक्षण गर्दा डेङ्गुको सङ्क्रमण नभएको र रुघाखोकीको कारणले आराम गरिरहेको जानकारी गराए । 

यसअघि बाँकेका प्रदेश सांसद आइपी खरेललाई डेङ्गुको सङ्क्रमण देखिएको थियो । उनी टेकुस्थित ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचारपछि घर फर्किसकेका छन् । पछिल्लो समय काठमाडौँ उपत्यकाभित्र डेङ्गु रोगको उच्च जोखिम देखिएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै