बलात्कारको आरोपमा इञ्जिनीयर पक्राउ

खरीबोट

बैतडी । बलात्कारको आरोपमा मङ्गलबार साँझ प्रहरीले एक इञ्जिनीयरलाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा मेलौली नगरपालिकाका इञ्जिनीयर २७ वर्षीय रोशन चन्द रहेका प्रहरी निरीक्षक किसन चन्दले जानकारी दिए । 

स्थानीय १७ वर्षीय किशोरीलाई जबर्जस्ती करणी गरेको आरोपमा किशोरीका आफन्तले दिएको जाहेरीका आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । “सोमबार किशोरीलाई ललाइफकाई डडेल्धुरा लगी जबर्जस्तीकरणी गरेको आरोप लागेको छ”, उनले भने, “अनुसन्धानका लागि पक्राउ गरेका हौँ ।”

किशोरीको स्वास्थ्य परीक्षण भइरहेको र घटना डडेल्धुरामा भएको हुनाले अनुसन्धानका लागि डडेल्धुरा पठाइने प्रहरी प्रवक्ता चन्दको भनाइ छ । सव–इञ्जिनीयर पढ्दै गरेकी किशोरी नगरपालिकामा ओजेटी गर्दै आएको बताइएको छ ।

सम्बन्धित समाचार

घुस लिएको आरोपमा कार्यकक्षबाटै नायब निरीक्षक पक्राउ

काठमाडौँ । घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले प्रहरी नायब निरीक्षकलाई कार्यकक्षबाटै पक्राउ गरेको छ । आज अख्तियारको टोलीले महानगरीय प्रहरी वृत बौद्ध मातहत रहेको प्रहरी कार्यालय थलीका

माछापुच्छ्रे गाउँपालिका कार्यालय तोडफोडको आरोपमा तीन पक्राउ

कास्की । गाउँपालिका कार्यालय तोडफोडको आरोपमा कास्कीको माछापुच्छ«े गाउँपालिका–१ का वडाध्यक्षसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा वडाध्यक्ष वीरेन्द्र गुरुङ, वडा नं २ का वडासदस्य गणेश आचार्य

विप्लव समूहका जिल्ला सेक्रेटरीसहित दुई पक्राउ

सुरुङ्गा । नेत्रविक्रम चन्द विप्लव समूहका झापा जिल्ला सेक्रेटरी प्रवीण मिश्रसहित दुई जनालाई प्रहरीले बिर्तामोडबाट आज पक्राउ गरेको छ ।  बिर्तामोड नगरपालिका–४ स्थित नेपाल विद्युत् प्राधिकरणको कार्यालय नजिकैको चिया पसलबाट प्रहरीले उनीहरुलाई

सिंहदरबारबाट पत्रकार महासंघका सचिवसहित ९ पत्रकार पक्राउ

काठमाडौँ । पत्रकार महासंघका सचिव रामप्रसाद दाहालसहित ९ पत्रकारहरु सिंहदरबारबाट पक्राउ परेका छन् । रेडियो नेपाल प्रदेश प्रसारण केन्द्र दिपायलबाट निष्कासन गरिएका कर्मचारीलाई पुर्नवहाली गर्न माग रेडियो नेपाल पुगेका नेपाल पत्रकार


z