बलात्कारको आरोपमा इञ्जिनीयर पक्राउ

खरीबोट

बैतडी । बलात्कारको आरोपमा मङ्गलबार साँझ प्रहरीले एक इञ्जिनीयरलाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा मेलौली नगरपालिकाका इञ्जिनीयर २७ वर्षीय रोशन चन्द रहेका प्रहरी निरीक्षक किसन चन्दले जानकारी दिए । 

स्थानीय १७ वर्षीय किशोरीलाई जबर्जस्ती करणी गरेको आरोपमा किशोरीका आफन्तले दिएको जाहेरीका आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । “सोमबार किशोरीलाई ललाइफकाई डडेल्धुरा लगी जबर्जस्तीकरणी गरेको आरोप लागेको छ”, उनले भने, “अनुसन्धानका लागि पक्राउ गरेका हौँ ।”

किशोरीको स्वास्थ्य परीक्षण भइरहेको र घटना डडेल्धुरामा भएको हुनाले अनुसन्धानका लागि डडेल्धुरा पठाइने प्रहरी प्रवक्ता चन्दको भनाइ छ । सव–इञ्जिनीयर पढ्दै गरेकी किशोरी नगरपालिकामा ओजेटी गर्दै आएको बताइएको छ ।

सम्बन्धित समाचार

धनुषामा बम बिस्फोटको आशंकामा दुई जना पक्राउ

धनुषा । प्रहरी निरिक्षकसहित तीन जनाको मृत्यु भएको धनुषा बम बिस्फोट प्रकरणमा ‘विप्लव’ समुहको हात हुनसक्ने प्रहरीले आशंका गरेको छ ।  धनुषाको क्षिरेश्वरनाथ नगरपालिका वडा नम्बर ५ स्थित राजेश साहको घरको

विप्लव समूहका जिल्ला इन्चार्जसहित दुई पक्राउ

गोरखा । नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका स्याङ्जा जिल्ला इन्चार्जसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय गोरखाबाट खटिएको प्रहरीको टोलीले गएराति सदरमुकामको घ्याम्पेशाल चोकबाट उनीहरुलाई पक्राउ गरेको

लागुऔषधसहित दुई पक्राउ

हेटौँडा । मकवानपुर प्रहरीले भीमफेदी गाउँपालिका–२ भैँसेबाट १० किलो २५० ग्राम लागूऔषध चरेससहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा बारा पचरौटा नगरपालिका–७ बस्ने अरविन्दकुमार पटेल र आदर्श कोतवाल गाउँपालिका–१ बस्ने

विस्फोट गरी फिरौती माग गर्ने गिरोह पक्राउ

कलैया । विस्फोट गरी फिरौती माग गर्ने गिरोहका नाइकेसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा नाइके परवानीपुर गाउँपालिका–४ बस्ने ३१ वर्षीय प्रमोद साह गोढ, सोही ठाउँ बस्ने


z