बलात्कारको आरोपमा इञ्जिनीयर पक्राउ

खरीबोट

बैतडी । बलात्कारको आरोपमा मङ्गलबार साँझ प्रहरीले एक इञ्जिनीयरलाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा मेलौली नगरपालिकाका इञ्जिनीयर २७ वर्षीय रोशन चन्द रहेका प्रहरी निरीक्षक किसन चन्दले जानकारी दिए । 

स्थानीय १७ वर्षीय किशोरीलाई जबर्जस्ती करणी गरेको आरोपमा किशोरीका आफन्तले दिएको जाहेरीका आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । “सोमबार किशोरीलाई ललाइफकाई डडेल्धुरा लगी जबर्जस्तीकरणी गरेको आरोप लागेको छ”, उनले भने, “अनुसन्धानका लागि पक्राउ गरेका हौँ ।”

किशोरीको स्वास्थ्य परीक्षण भइरहेको र घटना डडेल्धुरामा भएको हुनाले अनुसन्धानका लागि डडेल्धुरा पठाइने प्रहरी प्रवक्ता चन्दको भनाइ छ । सव–इञ्जिनीयर पढ्दै गरेकी किशोरी नगरपालिकामा ओजेटी गर्दै आएको बताइएको छ ।

सम्बन्धित समाचार

पाँच किलोग्राम चरेससहित मामा–भान्जी पक्राउ

गलकोट । बागलुङ जिल्लाको निसीखोला गाउँपालिकामा पाँच किलोग्राम चरेस सहित दुई जना पक्राउ परेका छन्। गाउँपालिका–६ निसीसिपका ३० वर्षीया भागिमला बुढा र उनका मामा पर्ने स्थानीयवासी २५ वर्षीय रामबहादुर साउथोकीलाई शनिबार

इरानमा अहिलेसम्म सात हजार प्रदर्शनकारी पक्राउ

जेनेभा । इरानमा पछिल्लो समय भइरहेको प्रदर्शनका क्रममा अहिलेसम्म सात हजार जना प्रदर्शनकारी पक्राउ परेको पाइएको छ । संयुक्त राष्ट्रसंघले शुक्रबार सार्वजनिक गरेको विवरण अनुसार पक्राउ परेका मध्ये अधिकांश केही समयमै

जबर्जस्ती करणी मुद्दामा फरार युवक पक्राउ

लहान । जबर्जस्ती करणी मुद्दामा फरार एक युवकलाई गएराति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिरहाको कल्याणपुर नगरपालिका–३ इटारीप्रसाईंका २५ वर्षीय धर्मेन्द्रकुमार मण्डल रहेको प्रहरीले जनाएको छ । इलाका प्रहरी

विप्लव समूहका युवा सचिव पक्राउ

गलकोट । नेत्रविक्रम चन्द ‘विप्लव’ समूह, युवा सङ्घ बागलुङका सचिव २१ वर्षीय रमेश अविरल भनिने सहल सुनार पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयबाट खटिएको सादा पोशाकका प्रहरीले गलकोटबाट बुधबार सुनारलाई


z