२४२ रन चेज गर्दै सिपिएलमा सेन्ट किट्सले बनायो रेकर्ड

खरीबोट

काठमाडौँ । क्यारेबियन प्रिमियर लिग (सिपिएल) अन्तर्गत अहिलेसम्मकै ठुलो रन चेज भएको छ ।

बुधबार भएको खेलमा सेन्ट किट्स एण्ड नेभिस प्याट्रीयट्सले जमैका तल्लावाहले दिएको २४२ रनको लक्ष्य चेज गरेको छ ।

सेन्ट किटसले २४२ रनको लक्ष्य १८.४ ओभरमा ६ विकेट गुमाउदै पुरा गरेको छ । यससँगै सेन्ट किट्सले टी-२० क्रिकेटको अहिलेसम्मको इतिहासमै दोस्रो सबै भन्दा धेरै रन चेज गरेर रेकर्ड बनाएको छ । त्यस्तै सिपिएलमा भने यो अहिलेसम्मकै ठुलो चेज हो ।

सेन्ट किट्सका लागि डेभोन थोमसले ४० बलमा ७१ रन बनाए भने एविन लुइसले २० बलमा ४१, त्यस्तै फावियन एलेनले १५ बलमा ३७ तथा शमारह ब्रुक्सले १५ बलमा २७ रन बनाएका थिए ।

यस अघि जमैकाले २० ओभरमा ४ विकेट गुमाउदै २४१ रन बनाएको थियो ।

जमैकाका लागि क्रिस गेलले ६२ बलमा ११६ रन बनाएका थिए भने चडविक वाल्टनले ३६ बलमा ७३ रन बनाएका थिए ।

यो जितसँगै सेन्ट किट्सले ३ खेलमा पहिलो जित हासिल गरेको छ भने जमैकाले आफना दुवै खेलमा हर बेहोरेको छ ।

प्रतियोगिता अन्तर्गत नेपाली खेलाडी सन्दीप लामिछानेको टिम बार्बाडोस ट्रीडेन्टसले सेन्ट किट्स विरुद्ध भोली बिहान खेल्दै छ । बार्बाडोसले आफ्नो पहिलो खेलमा हार बेहोरेको छ ।

सम्बन्धित समाचार

सुपर ओभरमा सेन्ट किट्स विजयी, नाइट राइडर्सको पहिलो हार

काठमाडौँ । क्यारेबियन प्रिमियर लिग (सिपिएल) अन्तर्गत ट्रीनबागो नाइट राइडर्स र सेन्ट किट्स एण्ड नेभिस प्याट्रीयटसबीचको खेलको सुपर ओभरमा निर्णय भएको छ । सुपर ओभरमा सेन्ट किट्सले नाइट राइडर्सलाई पराजित गरेको

सिपिएलमा बार्बाडोस पराजित, सन्दीपको औसत प्रदर्शन 

काठमाडौँ । क्यारेबियन प्रिमियर लिग (सिपिएल) अन्तर्गत बार्बाडोस ट्रीडेन्टस पराजित भएको छ । गएराती सम्पन्न खेलमा बार्बाडोस जमैका तल्लावाहसँग ४ विकेटले पराजित भएको हो । बार्बडोसले दिएको १४१ रनको लक्ष्य पछाएको जमैकाले

रेकर्ड बनेको खेलमा गेल नेतृत्वको जमैकाको लगातार चौथो हार

काठमाडौँ । क्यारेबियन प्रिमियर लिग (सिपिएल) अन्तर्गत क्रिस गेल नेतृत्वको जमैका तल्लावाहले लगातार चौथो हार बेहोरेको छ । शनिबार बिहान सम्पन्न खेलमा जमैकालाई ट्रीनबागो नाइट राइडर्सले पराजित गरेको हो । ट्रीनबागोले दिएको

सिपिएलमा ट्रीनबागोको रेकर्ड, बनायो अहिलेसम्मकै धेरै रन 

काठमाडौँ । क्यारेबियन प्रिमियर लिग (सिपिएल) अन्तर्गत ट्रीनबागो नाइट राइडर्सले नयाँ रेकर्ड बनाएको छ । ट्रीनबागोले क्रिस गेलको कप्तानीमा रहेको जमैका तल्लावाहविरुद्ध सिपिएलकै इतिहासमा धेरै रन बनाएको छ । टस हारेर पहिला


z