• २०८१ बैशाख ८ शनिबार

२४२ रन चेज गर्दै सिपिएलमा सेन्ट किट्सले बनायो रेकर्ड

kharibot

काठमाडौँ । क्यारेबियन प्रिमियर लिग (सिपिएल) अन्तर्गत अहिलेसम्मकै ठुलो रन चेज भएको छ ।

बुधबार भएको खेलमा सेन्ट किट्स एण्ड नेभिस प्याट्रीयट्सले जमैका तल्लावाहले दिएको २४२ रनको लक्ष्य चेज गरेको छ ।

सेन्ट किटसले २४२ रनको लक्ष्य १८.४ ओभरमा ६ विकेट गुमाउदै पुरा गरेको छ । यससँगै सेन्ट किट्सले टी-२० क्रिकेटको अहिलेसम्मको इतिहासमै दोस्रो सबै भन्दा धेरै रन चेज गरेर रेकर्ड बनाएको छ । त्यस्तै सिपिएलमा भने यो अहिलेसम्मकै ठुलो चेज हो ।

सेन्ट किट्सका लागि डेभोन थोमसले ४० बलमा ७१ रन बनाए भने एविन लुइसले २० बलमा ४१, त्यस्तै फावियन एलेनले १५ बलमा ३७ तथा शमारह ब्रुक्सले १५ बलमा २७ रन बनाएका थिए ।

यस अघि जमैकाले २० ओभरमा ४ विकेट गुमाउदै २४१ रन बनाएको थियो ।

जमैकाका लागि क्रिस गेलले ६२ बलमा ११६ रन बनाएका थिए भने चडविक वाल्टनले ३६ बलमा ७३ रन बनाएका थिए ।

यो जितसँगै सेन्ट किट्सले ३ खेलमा पहिलो जित हासिल गरेको छ भने जमैकाले आफना दुवै खेलमा हर बेहोरेको छ ।

प्रतियोगिता अन्तर्गत नेपाली खेलाडी सन्दीप लामिछानेको टिम बार्बाडोस ट्रीडेन्टसले सेन्ट किट्स विरुद्ध भोली बिहान खेल्दै छ । बार्बाडोसले आफ्नो पहिलो खेलमा हार बेहोरेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै