अर्जेन्टिनाको जितमा मार्टिनेजको ह्याट्रिक

खरीबोट

काठमाडौँ । अर्जेन्टिनाले मैत्रीपूर्ण खेलमा मेक्सिकोलाई सजिलै पराजित गरेको छ । बुधबार बिहान सम्पन्न खेलमा अर्जेन्टिनाले मेक्सिकोलाई ४-० गोल अन्तरले पराजित गरेको हो ।

अर्जेन्टिनाको जितमा लाउरान्टो मार्टिनेजले ह्याट्रिक गरेका थिए । मार्टिनेजले खेलको १७औ, २२औ र ३९औ मिनेटमा गोल गर्दै आफ्नो ह्याट्रिक पुरा गरेका थिए ।

इन्टर मिलानबाट खेल्ने २२ बर्षिय युवा खेलाडी मार्टिनेजले अर्जेन्टिनाका लागि योसहित अहिलेसम्म १३ खेल खेल्दै ९ गोल गरेका छन् ।

यस खेलमा अर्जेन्टिनाका लागि अर्को गोल लीनड्रो परेडेसले पेनाल्टी मार्फत गरेका थिए ।

यस अघि चिलीसँगको मैत्रीपूर्ण खेलमा बिना गोल बराबरी खेलेको अर्जेन्टिनाले अब अर्को खेल आगामी अक्टोबर १० मा जर्मनीविरुद्ध खेल्ने हच ।

प्रतिबन्धका कारण अर्जेन्टिनाका लियोनेल मेसी यस खेलमा खेलेनन् भने एन्जल डि मारिया, सर्जियो अग्युरो जस्ता खेलाडी समेत यो खेलमा अनुपस्थित रहेका थिए ।             

सम्बन्धित समाचार

मैत्रीपूर्ण खेलमा पेरुसँग हार्यो ब्राजिल

काठमाडौँ । मत्रिपूर्ण खेलमा ब्राजिललाई पेरुले पराजित गरेको छ । बुधबार विहान सम्पन्न खेलमा पेरुले ब्राजिललाई १-० गोल अन्तरले पराजित गरेको छ । पेरुको जितमा लुइस अब्रामले खेलको एक मात्र गोल गरेका

नेइमारको गोलमा ब्राजिल हारबाट बच्यो

काठमाडौँ । मैत्रीपूर्ण खेलमा ब्राजिलले कोलम्बियासँग बराबरी खेलेको छ । शनिबार बिहान भएको खेलमा ब्राजिल र कोलम्बिया २-२ गोलले बराबरीमा रोकिएका हुन् । २-१ गोल अन्तरले पछि परेको अवस्थामा ब्राजिललाई नेइमारले

मैत्रीपूर्ण खेलमा अर्जेन्टिना र चिल्ली बराबरीमा रोकिए 

काठमाडौँ । अर्जेन्टिना र चिल्लीबीचको मैत्रीपूर्ण खेल बराबरीमा सकिएको छ । आज भएको खेलमा दुवै टिम गोलरहित बराबरीमा रोकिएका हुन् । आफ्ना स्टार खेलाडी लियोनेल मेसी बिना खेलेको अर्जेन्टिनाको आक्रमण पाउलो डिबाला

मैत्रीपूर्ण खेलका लागि नेपाली टिम आज मलेसिया प्रस्थान गर्दै

काठमाडौँ । नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीले मलेसियन सुपर लिग च्याम्पियन जोहार डारुल टाजिम क्लबसँग मैत्रीपूर्ण खेल खेल्ने भएको छ । यही भदौ ९ गते हुने उक्त मैत्रीपूर्ण खेल खेल्न नेपाली


z