• २०८१ बैशाख ८ शनिबार

प्रधानमन्त्री ओली स्वास्थ्य जाँचका लागि शिक्षण अस्पतालमा

kharibot

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य जाँचका लागि बुधबार बिहान, महाराजगन्ज पुगेका छन् ।

सिंगापुरमा उपचार गरी गतसाता फर्किएका ओली नियमित फलोअपका लागि शिक्षण अस्पतालिस्थत मनमोहन कार्डियो पुगेका हुन् ।

ओली यसअघि पनि स्वास्थ्य परीक्षण तथा फलोअपका लागि मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा जाने गरेका थिए । 

मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरका निर्देशक उत्तम श्रेष्ठसहितको टोलीले प्रधानमन्त्री ओलीको स्वास्थ जाँच गरिरहेको निर्देशक श्रेष्ठले जानकारी दिए ।

सिंगापुरमा १० दिनसम्म मिर्गौलाको उपचार ओली गत शुक्रबार स्वदेश फर्किएका थिए ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै