काठमाडौँ । मत्रिपूर्ण खेलमा ब्राजिललाई पेरुले पराजित गरेको छ ।
बुधबार विहान सम्पन्न खेलमा पेरुले ब्राजिललाई १-० गोल अन्तरले पराजित गरेको छ ।
पेरुको जितमा लुइस अब्रामले खेलको एक मात्र गोल गरेका थिए । अब्रामले खेलको ८५औ मिनेटमा गोल गर्दै ब्राजिलमाथि जित हासिल गरेका थिए ।
यो सँगै विश्वकपको क्वाटरफाइनलमा बेल्जियमसँग पराजित भएपछि खेलेका सबै खेलमा अपराजित रहेको ब्राजिलको अपराजित हुने क्रम रोकिएको छ ।
ब्राजिलले यस बिचमा अपराजित हुदै कोपा अमेरिकाको उपाधि समेत जितेको थियो । ब्राजिलले यस अघि चिलीविरुद्ध खेलेको बराबरीमा सकिएको थियो ।