Skip This

बलिवुड बक्स अफिसमा 'छिछोरे' को धमाका 

खरीबोट

काठमाडौँ । अभिनेता सुशान्त सिंह राजपूत र अभिनेत्री श्रद्धा कपूर स्टारर फिल्म ‘छिछोरे’ ले बक्सअफिसमा शानदार कमाई गरिरहेको छ । फिल्मले प्रदर्शनको पाँच दिनमा निकै लोभलाग्दो कमाई गरेको छ ।

दर्शक र समीक्षकबाट मिलेको प्रशंसाको फाइदा उठाउदै छिछोरेले ५ दिनमा ५४ करोड १३ लाख कमाई गरेको छ । 

फिल्म ट्रेड एनालिस्ट तरण आदर्शका अनुसार, फिल्मले पाँचौ दिन १० करोड ५ लाख, चौथो दिन सोमबार ८ करोड १० लाख कमाई गरेको थियो । रिलिजको दिन भन्दा सोमबार र मंलगबार बढी कमाई गरेपछि फिल्म सय करोड क्लबतिर लम्केको देखिन्छ ।

फिल्मले पहिलो दिन ७ करोड ३२ लाखको व्यापार गरेको थियो भने दोस्रो दिन १२ करोड २५ लाख र तेस्रो दिन १६ करोड ४१ लाख कमाई गरेको थियो । 

‘दंगल’ फेम निर्देशक नितेश तिवारी निर्देशित ‘छिछोरे’ मा श्रद्धा कपूर, सुशान्त सिंह राजपूत र वरुण ग्रोवर स्टार रहेका छन् । यस फिल्ममा कलेजका साथीहरुको कथा देखाइएको छ ।
 

सम्बन्धित समाचार

गुगल सर्चमा कवीर सिंह शिर्ष स्थानमा

मुम्बई । बलिवुडमा यस अब्र्ष रिलिज भएको फिल्म कवीर सिंहले सफलताको झण्डा गाड्ने क्रम अहिले पनि जारी रहेको छ । बक्स अफिसमा शनादर कमाई गरेको कवीर सिंह अब गुगलको सर्च

अर्जुन रेड्डी फेम अभिनेत्री शालिनीको बलिवुडमा रणवीरको अपोजिट डेभ्यु

मुम्बई । तेलुगु फिल्मको ब्लकबस्टर फिल्म अर्जुन रेड्डीले हरेक किसिमबाट बलिवुडमा आफ्नो प्रभाव देखाउदै गरेको छ । केहि महिना अघि फिल्म कवीर सिंहले बक्स अफिसमा सफलताको झन्डा गाडेपछि अब अर्जुन

एसिड पिडितको भूमिकामा दीपिका, यस्तो आयो ट्रेलर

मुम्बई । बलिवुड अभिनेत्री दीपिका पदुकोनेको एक बर्षपछि नयाँ फिल्म 'छपाक' को ट्रेलर सार्वजनिक भएको छ । मेघना गुल्जारको निर्देशनमा बन्न लागेको फिल्म छपाकमा दीपिकाले एसिड पिडित महिला लक्ष्मी अग्रवालको भूमिका

अक्षयकुमार भन्छन्,'भारतीय पासपोर्ट बनाउदै छु'

मुम्बई । बलिवुड अभिनेता अक्षयकुमार पटक पटक आफ्नो क्यानेडियन पासपोर्टका बारेमा विवादमा आउने गरेका छन् । हालै अक्षयले हिन्दुस्तान टाइम्सको लिडरसिप समीटमा आफ्नो पासपोर्ट बारे स्पष्ट गर्दै आफुले छिट्टै भारतीय


z