• २०८१ बैशाख १२ बुधबार

बलिवुड बक्स अफिसमा 'छिछोरे' को धमाका 

kharibot

काठमाडौँ । अभिनेता सुशान्त सिंह राजपूत र अभिनेत्री श्रद्धा कपूर स्टारर फिल्म ‘छिछोरे’ ले बक्सअफिसमा शानदार कमाई गरिरहेको छ । फिल्मले प्रदर्शनको पाँच दिनमा निकै लोभलाग्दो कमाई गरेको छ ।

दर्शक र समीक्षकबाट मिलेको प्रशंसाको फाइदा उठाउदै छिछोरेले ५ दिनमा ५४ करोड १३ लाख कमाई गरेको छ । 

फिल्म ट्रेड एनालिस्ट तरण आदर्शका अनुसार, फिल्मले पाँचौ दिन १० करोड ५ लाख, चौथो दिन सोमबार ८ करोड १० लाख कमाई गरेको थियो । रिलिजको दिन भन्दा सोमबार र मंलगबार बढी कमाई गरेपछि फिल्म सय करोड क्लबतिर लम्केको देखिन्छ ।

फिल्मले पहिलो दिन ७ करोड ३२ लाखको व्यापार गरेको थियो भने दोस्रो दिन १२ करोड २५ लाख र तेस्रो दिन १६ करोड ४१ लाख कमाई गरेको थियो । 

‘दंगल’ फेम निर्देशक नितेश तिवारी निर्देशित ‘छिछोरे’ मा श्रद्धा कपूर, सुशान्त सिंह राजपूत र वरुण ग्रोवर स्टार रहेका छन् । यस फिल्ममा कलेजका साथीहरुको कथा देखाइएको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै