बलिवुड बक्स अफिसमा 'छिछोरे' को धमाका 

खरीबोट

काठमाडौँ । अभिनेता सुशान्त सिंह राजपूत र अभिनेत्री श्रद्धा कपूर स्टारर फिल्म ‘छिछोरे’ ले बक्सअफिसमा शानदार कमाई गरिरहेको छ । फिल्मले प्रदर्शनको पाँच दिनमा निकै लोभलाग्दो कमाई गरेको छ ।

दर्शक र समीक्षकबाट मिलेको प्रशंसाको फाइदा उठाउदै छिछोरेले ५ दिनमा ५४ करोड १३ लाख कमाई गरेको छ । 

फिल्म ट्रेड एनालिस्ट तरण आदर्शका अनुसार, फिल्मले पाँचौ दिन १० करोड ५ लाख, चौथो दिन सोमबार ८ करोड १० लाख कमाई गरेको थियो । रिलिजको दिन भन्दा सोमबार र मंलगबार बढी कमाई गरेपछि फिल्म सय करोड क्लबतिर लम्केको देखिन्छ ।

फिल्मले पहिलो दिन ७ करोड ३२ लाखको व्यापार गरेको थियो भने दोस्रो दिन १२ करोड २५ लाख र तेस्रो दिन १६ करोड ४१ लाख कमाई गरेको थियो । 

‘दंगल’ फेम निर्देशक नितेश तिवारी निर्देशित ‘छिछोरे’ मा श्रद्धा कपूर, सुशान्त सिंह राजपूत र वरुण ग्रोवर स्टार रहेका छन् । यस फिल्ममा कलेजका साथीहरुको कथा देखाइएको छ ।
 

सम्बन्धित समाचार

सिताको भूमिकामा दीपिकाको ठाउमा श्रद्धा कपुर !

मुम्बई । बलिवुड अभिनेत्री श्रद्धा कपुरले अब बन्ने फिल्म रामायणमा सिताको भूमिका निभाउने भएकी छन् ।  करिब ६ सय करोडको बजेट बन्न लागेको फिल्म रामायणमा सिताको भूमिकाका लागि श्रद्धा कपुर कन्फर्म

रणवीर र आलियाको ‘गली ब्वाय’ ओस्कारमा

मुम्बई । रणवीर सिंह र आलिया भट्ट अभिनिती बलिवुड फिल्म गली ब्वायले यस बर्षको ओस्कार अवार्डमा भारतको प्रतिनिधित्व गर्ने भएको छ । फिल्मका निर्माता फरहान अख्तरले गली ब्वाय ९२औ ओस्कारका लागि

देओल परिवारको तेस्रो जेनेरेशनको बलिवुड डेभ्यु

मुम्बई । बलिवुडमा हरेक बर्ष जसो सेलिब्रेटिका छोरा छोरीले आफ्ना माता पिताको पदचाप पछ्याउदै डेभ्यु गर्ने गर्दछन । जसमा सबै सफल हुदैनन् । यसैक्रममा पछिल्लो पटक बलिवुडमा देओल परिवारका परिवार

के गर्दैछन् बलिवुडका चर्चित भिलेनका छोरा ?

मुम्बई । बलिवुडमा एक समय हिरो, हिरोइन भन्दा भिलेनका कारण फिल्म सुपरहिट हुने समय थियो । शोलेमा अमजद खान, खुन भरि मागमा कबीर बेदी, मिस्टर इंडिया देखि अन्य कैयौ फिल्ममा भिलेन


z