कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन विस्तार हुने

खरीबोट

सुर्खेत । तेत्तीस केभीको कोहलपुर–सुर्खेत विद्युत प्रसारण लाइनको क्षमता विस्तार हुने भएको छ । नेपाल विद्युत प्राधिकरणले १३२ केभीको लाइन विस्तार गर्न आवश्यक प्रक्रिया शुरु गरिसकेको जनाएको छ ।

कोहलपुर–सुर्खेत–दैलेख १३२ केभी प्रसारण लाइन आयोजना प्रमुख रवि चौधरीले वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) प्रतिवेदन स्वीकृत हुने तयारीमा रहेको र प्रसारण लाइन विस्तारका लागि बोलपत्र आह्वान भइसकेको जानकारी दिए । प्रसारण लाइन विस्तारले सुर्खेत–दैलेखवासीले लामो समयदेखि भोग्दै आएको ‘लो–भोल्टेज’को समस्या अन्त्य हुने उनको भनाइ थियो । 

उक्त लाइनको क्षमता विस्तारका सम्बन्धमा एक वर्षदेखि संसद्मा आवाज उठाउँदै आएका सुर्खेत–२ का सांसद नवराज रावतले निर्माण सम्पन्न नभएसम्म खबरदारी गरिराख्नुपर्ने बताए । “ थुप्रैपटक उर्जा मन्त्रालय र विद्युत् प्राधिकरणमै पुगेर दबाब दिएपछि लाइनको क्षमता विस्तारको प्रक्रिया अघि बढेको हो”, उनले भने । प्राधिकरणको वातावरण तथा सामाजिक अध्ययन विभागले ‘इआइए’ अध्ययन गरेको थियो ।

आयोजना बाँकेको कोहलपुर सब–स्टेशनबाट प्रारम्भ भई सुर्खेतको वीरेन्द्रनगरस्थित सब–स्टेशनमा गएर टुङ्गिने उक्त प्रसारण लाइनको लम्बाइ करीब ५१ किलोमिटर हुने र ‘डबल सर्किटका एङ्गल टावर’ २६ वटा रहने छन् । आयोजनाको कुल टावरको सङ्ख्या १४५  रहने बताइएको छ । 

आयोजनाको अनुमानित लागत रु एक अर्ब ८० करोड लाग्ने जनाइएको छ । प्रसारण लाइनले घना बस्तीका मुख्य संरचना तथा वनक्षेत्रलाई समेत असर पु¥याउने अनुमान गरिएको छ । आयोजना क्षेत्रको स्थलगत सर्वेक्षणअनुसार प्रसारण लाइन मार्गमा बाँके राष्ट्रिय निकुञ्ज, बर्दिया राष्ट्रिय निकुञ्ज तथा मध्यवर्ती क्षेत्र सामुदायिक र सरकारी वन पर्नेछन् । प्रदेश ५ को बाँके, बर्दिया तथा कर्णालीको सुर्खेतभित्र रहने सो आयोजनाका कारण बाँकेको कोहलपुर नगरपालिका र बैजनाथ गाउँपालिका, बर्दियाको बाँसगढी नगरपालिका तथा सुर्खेतको भेरीगङ्गा, लेकवेशी तथा वीरेन्द्रनगर नगरपालिका प्रभाबित  हुने इआइए प्रतिवेदनमा उल्लेख छ ।

कोहलपुर–सुर्खेत ३३ केभी प्रसारण लाइन २०४५ सालमा विस्तार गरिएको थियो । तत्कालीन राजा वीरेन्द्रको भ्रमणलाई मध्यनजर गरी छ महीनाको अवधिमा हतारहतार प्रसारण लाइन विस्तार गरिएको थियो । मापदण्डबिनै लाइन विस्तार गरिँदा सामान्य हावाहुरी र वर्षात्मा पोल ढल्ने तथा विद्युत् आपूर्तिमा समस्या हुँदै आएको छ ।
 

सम्बन्धित समाचार

बुटवल–गोरखपुर प्रसारण लाइन : निर्माणको ढाँचा टुङ्ग्याउने सहमति

काठमाडौँ । नेपाल र भारतले न्यू बुटवल गोरखपुर प्रसारण लाइनको ढाँचा, निर्माण लागत लगायतका विषयलाई शीघ्र टुङ्गोमा पु¥याइ निर्माण शुरु गर्ने विषयमा सहमति जनाएका छन् । ढल्केबर–मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइनपछि

कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन विस्तार हुने

सुर्खेत । तेत्तीस केभीको कोहलपुर–सुर्खेत विद्युत प्रसारण लाइनको क्षमता विस्तार हुने भएको छ । नेपाल विद्युत प्राधिकरणले १३२ केभीको लाइन विस्तार गर्न आवश्यक प्रक्रिया शुरु गरिसकेको जनाएको छ । कोहलपुर–सुर्खेत–दैलेख १३२

राष्ट्रिय प्रसारण लाइनमा जोडियो दैलेखको नौमुले

दैलेख । स्थानीय सरकार सञ्चालन भएको दुई वर्षपछि नौमुले गाउँपालिका नेपाल विद्युत् प्राधिकरणको राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ । बत्तीका लागि उपभोक्ताको माग सङ्कलन गर्दा एकै दिनमा १५० उपभोक्ताले बत्ती माग

केन्द्रीय प्रसारण लाइन नपुगेर साना आयोजनालाई सास्ती

बलेवा । बाढीले विद्युत् आयोजनाको बाँध बगाएपछि गत साउनमा जिल्लाको निसीखोला–४ जैथुम्कामा रहेको १२० किलोवाट क्षमताको निसीखोला दोस्रो जलविद्युत् आयोजना दुई साता बन्द भयो । स्थानीय उपभोक्ताकै लगानीमा निर्माण भएको


z