नेप्से झण्डै चार अंकले घट्यो, सामुहिक लगानी कोष बाहेक सबै समुहले गुमाए

खरीबोट

काठमाडौ । साताको चौथो कारोवार दिन बुधबार पनि नेप्से घटेको छ ।

नेप्से आज तीन दसमलव ४६ अंकले घटेर ११ सय ६३ दसमलव ३१ बिन्दुमा झर्दा सेन्सिटिभ पनि शुन्य दसमलव ७९ अंकले घटेर दुई सय ५४ दसमलव ७८ बिन्दुमा झरेको छ ।

एक सय ७१ कम्पनीहरुको पाँच हजार चार सय ३० वटा कारोवारमा १५ लाख तीन हजार नौ सय २८ कित्ता सेयर खरिद बिक्री भएकाछन । उक्त परिमाणमा सेयर खरिद बिक्री हुंदा कारोवार रकम ३४ करोड १७ लाख ४५ हजार एक सय ३६ रुपैयाँ पुगेको छ ।  

नेप्सेमा आज १२ वटा समुहको कारोवार भएकोमा सामुहिक लगानी कोष समुहको सुचक शुन्य सामान्य अंकले बढेपनि बाँकी समुहको सुचक उच्च घटेकाछन । सो मध्ये बाँणिज्य बैक समुहको सुचक एक दसमलव ७५ अंकले घटेर एक हजार ६८ दसमलव ९७ बिन्दुमा झर्दा बिकास बैंक समुहको सुचक पनि ३४ दसमलव ८४ अंकले घटेर १८ सय ९९ दसमलव १२ बिन्दुमा झरेको छ ।

जलबिद्युत समुहको सुचक पनि दुई दसमलव ५९ अंकले घटेर नौ सय ६४ दसमलव ८८ बिन्दुमा झर्दा निर्जिवन बीमा समुहको सुचक पनि ४९ दसमलव तीन अंकले घटेर चार हजार चार सय ४१ दसमलव ५६ बिन्दुमा झरेको छ । लघुबित्त, जीवन बीमा, ट्रेडिङ, होटल, फाईनान्स, उत्पादनमुलक र अन्य समुहको सुचक पनि घटेकाछन । 

आज बढी कमाउने कम्पनीको सुचीमा पहिलो स्थानमा परेको घलेम्दी हाईड्रो पावर कम्पनीको प्रतिकित्ता सेयर मुल्य चार रुपैयाँ ४१ पैसाले बढेर ७१ रुपैयाँमा कारोवार भएको छ भने बढी गुमाउने कम्पनीको सुचीमा पहिलो स्थानमा परेको नविल इक्विटी फण्डको प्रतियुनिट सेयर मुल्य छ रुपैयाँ ६९ पैसाले घटेर सात रुपैयाँ ५३ पैसामा कारोवार भएको छ ।

यसैगरी बढी रकम कारोवारका आधारमा पहिलो स्थानमा परेको सोल्टी होटल लिमिटेडको प्रतिकित्ता दुई सय १९ रुपैयाँ अन्तिम मुल्यमा चार करोड ५५ लाख ५१ हजार छ सय ५२ रुपैयाँको कारोवार भएको छ ।
 

सम्बन्धित समाचार

साताको सेयर : नेप्से ११ सय ७२ अंकमा, दुई अर्ब ५६ करोडको किनबेच

काठमाडौं । यो साता नेप्से परिसुचक ११ सय ७२ दसमलव ६४ अंकमा पुगेको छ। सेन्सिटिभ पनि यो साता दुई सय ५५ दसमलव ६० अंकमा पुगेको छ। यो साता नेपाल स्टक एक्सचेन्ज

नेप्सेमा आज ११ दसमलव १७ अंकको उच्च बृद्धि

काठमाडौं । साताको अन्तिम कारोवार दिन आज बिहिबार पनि नेप्से झण्डै १२ अंकले बढेको छ। नेप्से आज ११ दसमलव १७ अंकले बढेर ११ सय ७२ दसमलव ६४ बिन्दुमा चढ्दा सेन्सिटिभ इन्डेक्स

नेप्सेमा १० अंकको बृद्धि :  ५५ करोडको कारोवार 

काठमाडौ । साताको चौंथो कारोवार दिन आज बुधबार पनि नेप्से उच्च अंकले बढेको छ । नेप्से आज १० दसमलव ११ अंकले बढेर ११ सय ६१ दसमलव ४७ बिन्दुमा चढेकोमा सेन्सिटिभ

नेप्से सकारात्मक : कारोवार रकम आधा अर्ब पुग्यो

काठमाडौं । साताको तेस्रो कारोवार दिन मंगलबार पनि नेप्सेमा सुधार देखिएको छ । नेप्से आज दुई दसमलव ४८ अंकले बढेर ११ सय ५१ दसमलव ३६ बिन्दुमा चढेकोमा सेन्सिटिभ इन्डेक्स पनि


z