• २०८१ बैशाख ४ मंगलबार

नेप्से झण्डै चार अंकले घट्यो, सामुहिक लगानी कोष बाहेक सबै समुहले गुमाए

kharibot

काठमाडौ । साताको चौथो कारोवार दिन बुधबार पनि नेप्से घटेको छ ।

नेप्से आज तीन दसमलव ४६ अंकले घटेर ११ सय ६३ दसमलव ३१ बिन्दुमा झर्दा सेन्सिटिभ पनि शुन्य दसमलव ७९ अंकले घटेर दुई सय ५४ दसमलव ७८ बिन्दुमा झरेको छ ।

एक सय ७१ कम्पनीहरुको पाँच हजार चार सय ३० वटा कारोवारमा १५ लाख तीन हजार नौ सय २८ कित्ता सेयर खरिद बिक्री भएकाछन । उक्त परिमाणमा सेयर खरिद बिक्री हुंदा कारोवार रकम ३४ करोड १७ लाख ४५ हजार एक सय ३६ रुपैयाँ पुगेको छ ।  

नेप्सेमा आज १२ वटा समुहको कारोवार भएकोमा सामुहिक लगानी कोष समुहको सुचक शुन्य सामान्य अंकले बढेपनि बाँकी समुहको सुचक उच्च घटेकाछन । सो मध्ये बाँणिज्य बैक समुहको सुचक एक दसमलव ७५ अंकले घटेर एक हजार ६८ दसमलव ९७ बिन्दुमा झर्दा बिकास बैंक समुहको सुचक पनि ३४ दसमलव ८४ अंकले घटेर १८ सय ९९ दसमलव १२ बिन्दुमा झरेको छ ।

जलबिद्युत समुहको सुचक पनि दुई दसमलव ५९ अंकले घटेर नौ सय ६४ दसमलव ८८ बिन्दुमा झर्दा निर्जिवन बीमा समुहको सुचक पनि ४९ दसमलव तीन अंकले घटेर चार हजार चार सय ४१ दसमलव ५६ बिन्दुमा झरेको छ । लघुबित्त, जीवन बीमा, ट्रेडिङ, होटल, फाईनान्स, उत्पादनमुलक र अन्य समुहको सुचक पनि घटेकाछन । 

आज बढी कमाउने कम्पनीको सुचीमा पहिलो स्थानमा परेको घलेम्दी हाईड्रो पावर कम्पनीको प्रतिकित्ता सेयर मुल्य चार रुपैयाँ ४१ पैसाले बढेर ७१ रुपैयाँमा कारोवार भएको छ भने बढी गुमाउने कम्पनीको सुचीमा पहिलो स्थानमा परेको नविल इक्विटी फण्डको प्रतियुनिट सेयर मुल्य छ रुपैयाँ ६९ पैसाले घटेर सात रुपैयाँ ५३ पैसामा कारोवार भएको छ ।

यसैगरी बढी रकम कारोवारका आधारमा पहिलो स्थानमा परेको सोल्टी होटल लिमिटेडको प्रतिकित्ता दुई सय १९ रुपैयाँ अन्तिम मुल्यमा चार करोड ५५ लाख ५१ हजार छ सय ५२ रुपैयाँको कारोवार भएको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै