सल्यानबाट दुई बालिका बेपत्ता

खरीबोट

सल्यान । एक हप्तादेखि दुई बालिका बेपत्ता भएका छन् । वनगाड कुपिण्डे नगरपालिका–१० माँझकाँडाकी १३ वर्षीया खिमा वली र सोही ठाउँकी १३ वर्षीया प्रतिमा बटाला बेपत्ता भएका हुन् । 

माँझकाँडास्थित भगवती आधारभूत विद्यालयमा अध्ययनरत ती बालिका गत भदौ १९ बेलुकीदेखि बेपत्ता भएको पारिवारिक स्रोतले जनाएको छ । परिवारले सबै ठाउँमा खोजेर नभेटृाएपछि खोजीका लागि प्रहरीमा निवेदन दिएको खिमाका बुबा अम्मर वलीले जानकारी दिए ।
“भदौ १९ गते विद्यालयबाट घर फर्किने क्रममा बाटैबाट बेपत्ता भएछन् आफन्त सबैतिर खोजी गरी सक्यौँ नभेटिएपछि प्रहरीमा खोजीका लागि निवेदन दिएका छौ ।” वलीले भने ।

घरपरिवारले खोज तलास गरिदिनका लागि  वनगाड प्रहरी चौकीमा उनीहरूको हुलियासहित निवेदन आएको  त्यहाँका प्रहरी इञ्चार्ज दीपक शाही ठकुरीले जानकारी दिए ।
 

सम्बन्धित समाचार

अरुण नदीमा विरामी बोकेको जीप खस्यो, ६ जना बेपत्ता

काठमाडौं । संखुवावासभाको खाँदबारीबाट दुई जना बिरामी लिएर गएको बोलेरो गाडी अक्करको भीरबाट अरुण नदीमा खस्दा ६ जना बेपत्ता भएका छन् । धर्मदेवी नगरपालिकाको अक्करको भीरमा मंगलबार राति १० : ५

भारतको आन्ध्र प्रदेशमा डुङ्गा दुर्घटना, ३९ बेपत्ता

भारत । भारतको दक्षिणपूर्वी राज्य आन्ध्र प्रदेशमा आइतबार दिउँसो भएको डुङ्गा दुर्घटनामा परी ३९ जना व्यक्ति वेपत्ता भएका छन् ।  यहाँको गोदावरी नदीमा यात्रा गरिरहेका यात्रुको डुङ्गा दुर्घटनामा परेको थियो ।

डोरियन आँधीबाट २५ सय बेपत्ता

फ्रिपोर्ट बहमास । संयुक्तराज्य अमेरिकाको बहमास द्वीपलाई केन्द्रविन्दु पारेर आएको डोरियन नामको आँधीका कारण करिब २ हजार ५०० व्यक्ति बेपत्ता भएको सरकारी समाचार स्रोतले बुधबार जानकारी दिएको छ ।  यस भीषण

सल्यानबाट दुई बालिका बेपत्ता

सल्यान । एक हप्तादेखि दुई बालिका बेपत्ता भएका छन् । वनगाड कुपिण्डे नगरपालिका–१० माँझकाँडाकी १३ वर्षीया खिमा वली र सोही ठाउँकी १३ वर्षीया प्रतिमा बटाला बेपत्ता भएका हुन् ।  माँझकाँडास्थित भगवती


z