Skip This

दिक्तेल–खानीडाँडा सडकको कालोपत्र ४५ प्रतिशत सम्पन्न

खरीबोट

खोटाङ । कालोपत्रको काम थालिएको दिक्तेल–खानीडाँडा सडकको काम ४५ प्रतिशतभन्दा बढी सम्पन्न भएको ठेकेदार कम्पनीले जनाएको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको रु २१ करोड एक लाख ८८ हजार लगानीमा सो सडक कालोपत्रको काम थालिएको हो ।
करीब ११ किलोमिटर लम्बाइ रहेको सो सडकमा स्ट्रक्चरको काम सम्पन्न गरेर अहिले ग्राबेलको काम शुरु गरिएको निर्माण कम्पनी याक्थुहाङ–साप–सिरुवा जेभीका प्रबन्ध निर्देशक कल्याण खत्रीले बताए ।

“कालोपत्र गर्नका लागि आवश्यक सबै सामग्री तराईबाट ल्याइसकिएको छ”, उनले भने, “तोकिएकै समयमा सम्पन्न गरेर हस्तान्तरण गर्नेगरी कालोपत्रको कामलाई तीव्रता दिइएको छ ।”

दिक्तेलबाट तराईका जिल्ला जोड्ने सबैभन्दा छोटो मार्गमा पर्ने सो सडक छ दशमलव २५ मिटर चौडाइ रहने र तीन दशमलव ७५ मिटर भाग कालोपत्र गरिने सम्झौतामा उल्लेख छ । अठार महीनाभित्र सम्पन्न गरेर हस्तान्तरण गर्नेगरी गत वर्ष असोज १ गते प्राधिकरण र निर्माण कम्पनीबीच कामको सम्झौता भएको थियो ।

दशैँअघि कम्तीमा पनि छ किलोमिटर सडकमा कालोपत्र सम्पन्न गरिसक्ने लक्ष्यका साथ कामलाई तीव्रता दिइएको प्रबन्ध निर्देशक खत्रीले बताए । सो सडक गत मङ्सिर १ गते प्रतिनिधिसभा सदस्य एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य विशाल भट्टराईले औपचारिकरूपमा शिलान्यास गरेका थिए । जिल्लाको प्रमुख व्यापारिक केन्द्रसमेत रहेको दिक्तेलबजारबाट खानीडाँडा–रेग्मीटार हुँदै सगरमाथा राजमार्ग जोड्ने उक्त सडकलाई निकै महत्वका साथ हेरिएको छ । 

यसअघिसम्म हिउँदको समयमा छ महीना मात्र सञ्चालन हुने सो सडक ढिलै भए पनि कालोपत्रको काम थालिएपछि जिल्लावासी हर्षित भएका छन् । दिक्तेल–खानीडाँडा सडक कालोपत्र भएर सञ्चालनमा आएपछि जिल्लामा आवश्यक पर्ने दैनिक उपभोग्यवस्तु ढुवानीमा समेत सहज हुने र दैनिक उपभोग्यवस्तुको मूल्यसमेत घट्ने उद्योग वाणिज्य सङ्घ खोटाङका अध्यक्ष उपिनकुमार राईले बताए । 

दिक्तेलबाट सबैभन्दा नजिक पर्ने मनमाया राई खानीडाँडा विमानस्थल सोही सडकखण्डको खाल्लेमा पर्छ । हिउँदमा मात्र सञ्चालन हुने सो सडकखण्डमा करीब छ महीना यातायात सञ्चालन नहुँदा जिल्ला अस्पतालबाट अन्यत्र सिफारिस गरिएका बिरामीलाई विमानस्थलसम्म पु¥याउन स्ट्रेचर प्रयोग गर्नुपर्ने अवस्था छ । 
 

सम्बन्धित समाचार

कोहलपुरमा सडक सुरक्षाको बहस

बाँके । गएको आइतबार बालिका प्रकृति चन्दलाई ट्रकले ठक्कर दिएपछि दुई दिन कोहलपुर बजार तनावपूर्ण बन्यो। घाइते बालिकाको काठमाडौँमा उपचार भइरहेको छ। कोहलपुरका स्थानीयवासीले उक्त दिनलाई कालो दिन भनिरहेका छन्। दुर्घटनाको

डिभिजन सडक प्युठानका प्रमुख र इन्जिनियर २० लाख घुससहित पक्राउ 

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डिभिजन सडक कार्यालय प्युठानका डिभिजन प्रमुख र इन्जिनियर २० लाख घुससहित पक्राउ गरेको छ ।  अख्तियारले डिभिजन सडक कार्यालय प्युठानका डिभिजन प्रमुख (सि.डि.ई.) ध्रुवकुमार श्रेष्ठ

अझै तीन सय ६८ स्थानीय तहको केन्द्रसम्म सडक पुग्न बाँकी

काठमाडौँ । सरकारले सडक निर्माणलाई उच्च प्राथमिकतामा राखे पनि देशभरका ७५३ स्थानीय तहमध्ये ३६८ स्थानीय तहको केन्द्रसम्म सडक पुग्न सकेको छैन । देशभरका सबै स्थानीय तहको केन्द्रसम्म कालोपत्र सडक पुर्याउने

नारायणगढ–मुग्लिन सडक दुई साताका लागि दिउँसोमा बन्द हुने

भरतपुर । नारायणगढ–मुग्लिन सडकखण्ड दुई सातासम्म दिउँसोमा बन्द हुने भएको छ ।  जिल्ला प्रशासन कार्यालय चितवनमा आज बसेको सुरक्षा समितिको बैठकले मङ्सिर २७ गतेदेखि लागू हुने गरी दुई साताका लागि बिहान


z