दिक्तेल–खानीडाँडा सडकको कालोपत्र ४५ प्रतिशत सम्पन्न

खरीबोट

खोटाङ । कालोपत्रको काम थालिएको दिक्तेल–खानीडाँडा सडकको काम ४५ प्रतिशतभन्दा बढी सम्पन्न भएको ठेकेदार कम्पनीले जनाएको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको रु २१ करोड एक लाख ८८ हजार लगानीमा सो सडक कालोपत्रको काम थालिएको हो ।
करीब ११ किलोमिटर लम्बाइ रहेको सो सडकमा स्ट्रक्चरको काम सम्पन्न गरेर अहिले ग्राबेलको काम शुरु गरिएको निर्माण कम्पनी याक्थुहाङ–साप–सिरुवा जेभीका प्रबन्ध निर्देशक कल्याण खत्रीले बताए ।

“कालोपत्र गर्नका लागि आवश्यक सबै सामग्री तराईबाट ल्याइसकिएको छ”, उनले भने, “तोकिएकै समयमा सम्पन्न गरेर हस्तान्तरण गर्नेगरी कालोपत्रको कामलाई तीव्रता दिइएको छ ।”

दिक्तेलबाट तराईका जिल्ला जोड्ने सबैभन्दा छोटो मार्गमा पर्ने सो सडक छ दशमलव २५ मिटर चौडाइ रहने र तीन दशमलव ७५ मिटर भाग कालोपत्र गरिने सम्झौतामा उल्लेख छ । अठार महीनाभित्र सम्पन्न गरेर हस्तान्तरण गर्नेगरी गत वर्ष असोज १ गते प्राधिकरण र निर्माण कम्पनीबीच कामको सम्झौता भएको थियो ।

दशैँअघि कम्तीमा पनि छ किलोमिटर सडकमा कालोपत्र सम्पन्न गरिसक्ने लक्ष्यका साथ कामलाई तीव्रता दिइएको प्रबन्ध निर्देशक खत्रीले बताए । सो सडक गत मङ्सिर १ गते प्रतिनिधिसभा सदस्य एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य विशाल भट्टराईले औपचारिकरूपमा शिलान्यास गरेका थिए । जिल्लाको प्रमुख व्यापारिक केन्द्रसमेत रहेको दिक्तेलबजारबाट खानीडाँडा–रेग्मीटार हुँदै सगरमाथा राजमार्ग जोड्ने उक्त सडकलाई निकै महत्वका साथ हेरिएको छ । 

यसअघिसम्म हिउँदको समयमा छ महीना मात्र सञ्चालन हुने सो सडक ढिलै भए पनि कालोपत्रको काम थालिएपछि जिल्लावासी हर्षित भएका छन् । दिक्तेल–खानीडाँडा सडक कालोपत्र भएर सञ्चालनमा आएपछि जिल्लामा आवश्यक पर्ने दैनिक उपभोग्यवस्तु ढुवानीमा समेत सहज हुने र दैनिक उपभोग्यवस्तुको मूल्यसमेत घट्ने उद्योग वाणिज्य सङ्घ खोटाङका अध्यक्ष उपिनकुमार राईले बताए । 

दिक्तेलबाट सबैभन्दा नजिक पर्ने मनमाया राई खानीडाँडा विमानस्थल सोही सडकखण्डको खाल्लेमा पर्छ । हिउँदमा मात्र सञ्चालन हुने सो सडकखण्डमा करीब छ महीना यातायात सञ्चालन नहुँदा जिल्ला अस्पतालबाट अन्यत्र सिफारिस गरिएका बिरामीलाई विमानस्थलसम्म पु¥याउन स्ट्रेचर प्रयोग गर्नुपर्ने अवस्था छ । 
 

सम्बन्धित समाचार

कुलेखानी–फाखेल–हुमाने सडकखण्डमा यातायात सञ्चालन

हेटौँडा । कुलेखानी–फाखेल–हुमाने–फर्पिङ सडकखण्ड आजदेखि मर्मतका लागि बन्द गरिने भनिएको भए पनि बिहानैदेखि हेटौँडा–काठमाडौँको यातायात सेवा सञ्चालनमा ल्याएको फाखेल प्रहरी चौकी मकवानपुरले जनाएको छ । स्थानीय कुलेखानी–फाखेल–हुमाने सडक मर्मत सम्भार उपभोक्ता

कुलेखानी–फर्पिङ सडकमा असोज ११ गतेसम्म आवागमन बन्द गरिने

हेटौँडा । कुलेखानी–फाखेल–हुमाने–फर्पिङ सडकखण्डमा शुक्रबारदेखि असोज ११ गतेसम्मका लागि सवारीसाधन आवागमन बन्द गरिने भएको छ ।  सडकको पहिरो पन्छाउनु पर्ने भएकाले सवारीसाधन आवागमन बन्द गरिने भएको हो । कुलेखानी–फाखेल–हुमाने सडक मर्मतसम्भार उपभोक्ता

सोलुखुम्बु–काठमाडाँै सडक अवरुद्ध

सोलुखुम्बु । निरन्तरको वर्षापछि आएको पहिरोले सोलुखुम्बु–काठमाडौँ सडकखण्ड अवरुद्ध बनेको छ । सोलुखुम्बु–काठमाडौँ सडकखण्डको ठाउँठाउँमा पहिरो जाँदा सडक अवरुद्ध बनेको सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी वेदनिधि खनालले जानकारी दिए ।      प्रजिअ

खोला बढेपछि भरतपुर–ठोरी सडक अवरुद्ध

चितवन । सोमबर रातिदेखि परेको वर्षाका कारण अधिकांश खोलामा बाढी आएकाले  भरतपुर–माडी–ठोरी सडकखण्ड अवरुद्ध भएको छ ।  जिल्ला प्रहरी कार्यालयका अनुसार माडी नगरपालिका–९ मा रहेको बगई र घाँगर खोलामा  आएको बाढीले


z