• २०८१ बैशाख ४ मंगलबार

अझै ठिक भएनन् मेसी, बार्सिलोनाको चिन्ता बढ्यो  

kharibot

काठमाडौँ । काठमाडौँ । लियोनेल मेसी इन्जुरी अझै ठिक नभएपछि आगामी शनिबार हुने ला लिगा अन्तर्गतको भलेन्सियाविरुद्धको कहलामा समेत नखेल्ने भएका छन् ।

मेसी काल्फ़ इन्जुरीका कारण कोपा अमेरिकाको तेस्रो स्थानको खेलमा चिलीविरुद्ध जुलाई ७ मा खेलेपछि बार्सिलोनाको प्री-सिजन अमेरिका टुरमा नापोलीविरुद्ध खेलेपछि मैदानमा आएका छैनन् ।

मेसीले ला लिगाको यस सिजनमा इन्जुरीका कारणनै अझै खेल्न नसक्दा बार्सिलोनाको ला लिगाको सुरुवात नै संघर्षपूर्ण बनेको छ ।

मिडिया रिपोर्टका अनुसार मेसी अहिलेपनि आफ्नो इन्जुरीबाट बाहिर आउन मिहिनेत गरिरहेको तर अझै उनको इन्जुरी ठिक नभएको बताइएको छ ।

मिडिया रिपोर्टका अनुसार यस सिजनको च्याम्पियन्स लिगको सेप्टेम्बर १७ मा हुने डोर्टमण्डविरुद्धको पहिलो खेलमा समेत मेसी खेल्ने विषयमा आशंका व्यक्त गरिएको छ ।

मेसीसँगै बार्सिलोनाका अर्का स्ट्राइकर लुइस स्वरेज तथा उसमान डेम्बेलेसमेत इन्जुरीका कारण अहिले खेल्न नसक्ने भएका छन् ।

स्वरेजले भने च्याम्पियन्स लिग अन्तर्गतको डोर्टमण्डविरुद्धको खेलमा भने खेल्न सक्ने बताइएको छ ।

बार्सिलोनाले यस सिजनको ला लिगामा खेलेका तीन खेलमा एक खेलमा जित हासिल गरेको छ भने एक हार र एक खेल बराबरी खेलेको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै