अझै ठिक भएनन् मेसी, बार्सिलोनाको चिन्ता बढ्यो  

खरीबोट

काठमाडौँ । काठमाडौँ । लियोनेल मेसी इन्जुरी अझै ठिक नभएपछि आगामी शनिबार हुने ला लिगा अन्तर्गतको भलेन्सियाविरुद्धको कहलामा समेत नखेल्ने भएका छन् ।

मेसी काल्फ़ इन्जुरीका कारण कोपा अमेरिकाको तेस्रो स्थानको खेलमा चिलीविरुद्ध जुलाई ७ मा खेलेपछि बार्सिलोनाको प्री-सिजन अमेरिका टुरमा नापोलीविरुद्ध खेलेपछि मैदानमा आएका छैनन् ।

मेसीले ला लिगाको यस सिजनमा इन्जुरीका कारणनै अझै खेल्न नसक्दा बार्सिलोनाको ला लिगाको सुरुवात नै संघर्षपूर्ण बनेको छ ।

मिडिया रिपोर्टका अनुसार मेसी अहिलेपनि आफ्नो इन्जुरीबाट बाहिर आउन मिहिनेत गरिरहेको तर अझै उनको इन्जुरी ठिक नभएको बताइएको छ ।

मिडिया रिपोर्टका अनुसार यस सिजनको च्याम्पियन्स लिगको सेप्टेम्बर १७ मा हुने डोर्टमण्डविरुद्धको पहिलो खेलमा समेत मेसी खेल्ने विषयमा आशंका व्यक्त गरिएको छ ।

मेसीसँगै बार्सिलोनाका अर्का स्ट्राइकर लुइस स्वरेज तथा उसमान डेम्बेलेसमेत इन्जुरीका कारण अहिले खेल्न नसक्ने भएका छन् ।

स्वरेजले भने च्याम्पियन्स लिग अन्तर्गतको डोर्टमण्डविरुद्धको खेलमा भने खेल्न सक्ने बताइएको छ ।

बार्सिलोनाले यस सिजनको ला लिगामा खेलेका तीन खेलमा एक खेलमा जित हासिल गरेको छ भने एक हार र एक खेल बराबरी खेलेको छ ।
 

सम्बन्धित समाचार

च्याम्पियन्स लिगमा इन्टरमिलानविरुद्ध मेसी नखेल्ने 

काठमाडौँ । च्याम्पियन्स लिग अन्तर्गतको समुह चरणको अन्तिम खेलमा बार्सिलोनाले प्रमुख खेलाडीलाई आराम दिएको छ । मंगलबार राति हुने इन्टर मिलानविरुद्ध खेल्ने टिममा बार्सिलोनाले लियोनेल मेसीसहित जेरार्ड पिके, सेर्गी रोबेर्टोलाई टिम

बार्सिलोनाको जितमा मेसीको कीर्तिमानी ह्याट्रिक, रोनाल्डोलाई उछिने

काठमाडौँ । स्पेनिस ला लिगा अन्तर्गत बार्सिलोनाले माल्लोर्कामाथि शानदार जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा बार्सिलोना माल्लोर्कालाई ५-२ गोल अन्तरले पराजित गरेको छ । बार्सिलोनाको जितमा लियोनेल मेसीले अर्को ह्याट्रिक

रोनाल्डोले पाँचौ पटक बेलुन डोअर जित्दा दु:खी भएको थिए – मेसी  

काठमाडौँ । छैठौ पटक बेलुन डोअर जितेका लियोनेल मेसीले आफ्ना प्रतिद्वन्दी क्रिस्टियानो रोनाल्डोले पाँचौ पटक बेलुन डोअर जित्दा आफु दु:खी भएको बताएका छन् । गएराती फ्रान्सको पेरिसमा रेकर्ड छैठौ पटक

मेसीले छैठौ पटक जिते बेलुन डोअर अवार्ड

काठमाडौँ । लियोनेल मेसीले छैठौ पटक बेलुन डोअर अवार्ड जितेका छन् । योसँगै मेसी फुटबलको प्रतिष्ठित अवार्ड मध्यको एक मानिने बेलुन डोअर अवार्ड धेरै पटक जित्ने खेलाडी बनेका छन् । गएराती


z