• २०८१ बैशाख ८ शनिबार

सर्वोच्चको फैसलापछि रेडक्रसको साधारण सभा लगायतका अवरोध हट्ने 

kharibot

काठमाडौँ । विगत वर्षदेखि नेपाल रेडक्रस सोसाइटीको साधारण सभा, महाधिवेशनमार्फत् कार्यक्रम बजेट पारित गर्ने वैधानिक प्रकृया एवं निर्वाचन लगायत संस्थागत  सेवा गतिविधिहरुमा भइरहेको अवरोध हटाउन दिइएको रिट निवेदनमा सम्मानित सर्वोच्च अदालतले संस्थाको पक्षमा मंगलबार गरेको फैसला प्रति नेपाल रेडक्रस सोसाइटी परिवार खुशी व्यक्त गरेको छ । 

सोसाइटीले अदालतको यो फैसलाबाट सत्य एवं न्यायको जीत हुन्छ भन्ने विश्वासलाई थप पुष्टि भएको महसुस गरेको सोसाइटीले जनाएको छ । 

विपद् पूर्वतयारी,  उद्दार र सहयोग, स्वास्थ्य प्रवर्धन, मानवीय सम्मान अभिबृद्धि, एम्बुलेन्स सेवा, प्राथमिक उपचार, रक्तसञ्चार सेवा, जस्ता कार्यहरु गर्दै आएको अवस्थामा विगत केहि समयदेखि देखिएको संस्थागत अन्यौलता हटाई न्यायिक प्रयत्न स्वरुप आएको यस फैसलाले सम्पूर्ण रेडक्रसकर्मीहरुलाई थप क्रियाशिल भई सेवाकार्यमा लाग्न अझ अभिप्रेरित गरेको भन्दै सोसाइटीले विगत ५६ वर्षदेखिका संस्थाका सेवा गतिविधिहरु सञ्चालन गर्न सहयोगी र  सम्पूर्ण सुभेच्छुकहरुमा कृतज्ञता व्यक्त गरेको जनाएको छ । 

संस्थाको साख र गरिमा वढाउदै  मानवीय सेवामा अझ तल्लीन हुनुपर्ने आजको टड्कारो अवस्थामा संस्थाका सवै सदस्य, स्वयंसेवक र सुभेच्छुकहरु अझ एक भइ अघि वढ्न सोसाइटीले आव्हान गरेको छ ।

मानवीय कार्यक्षेत्रमा सरकारको सहयोगी भूमिका निर्वाह गर्न थप प्रतिवद्धता व्यक्त गर्दै आम जनता, सरकार, दाता, साझेदारलगायत सवै रेडक्रसकर्मी र सञ्चारकर्मीहरुबाट सदा झैँ सहयोगको अपेक्षा गरेको सोसाइटीले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै