काठमाडौँ । जारी एशेज सिरिजको अन्तिम तथा पाँचौ टेस्टका लागि इङल्याण्ड र अस्ट्रेलियाले प्लेइङ एघार घोषणा गरेका छन् ।
इङल्याण्डले आफ्नो टिममा दुई परिवर्तन गरेको छ ।
किया ओवलमा विहिबारदेखि शुरु हुने टेस्टमा घरेलु टोलि इङल्याण्डले पुरै सिरिज मा राम्रो ब्याटिंग गर्न नसकेका जासन रोयलाई हटाउदै उनको ठाउमा साम कुरानलाई ल्याएको छ । यस अघि चार खेल खेलेका रोयले पहिलो टेस्टको दोस्रो इनिंगमा २८ सर्वाधिक रन बनाएका थिए भने चार पटक दोहोरो अंकमा रन नबनाई आउट भएका थिए ।
त्यस्तै चौथो टेस्ट खेलेका क्रेग ओभरटनसमेत इङल्याण्डको प्लेइङ एघारमा परेका छैनन् । ओभरटनको ठाउमा क्रिस वोक्सले पुनरागमन गरेका छन् ।
त्यस्तै अलराउन्डर बेन स्टोक स्पेसिलिष्ट ब्याट्सम्यानको रुपमा मात्र यो टेस्ट खेल्ने छन् । इङल्याण्ड क्रिकेट बोर्डले स्टोकको सोल्जर इन्जुरीका कारण यस खेलमा बलिङ नगर्ने भएका हुन् ।
पाँचौ टेस्ट खेल्ने इङल्याण्डको प्लेइङ एघार : जोय रुट (कप्तान), जोफ्रा आर्चर, जोनी बैरस्ट्रव, स्टुअर्ट बोर्ड, रोरी बर्न्स, जोस बटलर, साम कुरान, जोय डेनली, ज्याक लीच, बेन स्टोक र क्रिस वोक्स ।
त्यस्तै अस्ट्रेलियाले पनि पाँचौ टेस्ट खेल्ने १२ जना खेलाडीको घोषणा गर्दै एक खेलाडीको सरप्राइज परिवर्तन गरेको छ । अस्ट्रेलियाले ट्राभिस हेडको ठाउमा मिचेल मार्शलाई ल्याएको छ ।
पाँचौ टेस्ट खेल्ने अस्ट्रेलियाको टिम : टिम पाने (कप्तान), डेविड वार्नर, मार्कस ह्यारिस, मार्नस लाबुसचाँगे, स्टिभ स्मिथ, मिचेल मार्श, म्याथ्यु वाडे, पाट कमिन्स, पिटर सिडडल, मिचेल स्टार्क, नाथन लियोन, जोश हजेलवुड ।
५ खेलको सिरिजमा अस्ट्रेलियाले २-१ ले अगाडी रहदै एशेज सिरिजमा अग्रता बनाएको छ ।