लिगलिगकोट–गोरखा दरबार म्याराथुन दौडको उपाधि गरुङले जिते

खरीबोट

गोरखा । गोरखाको ऐतिहासिक क्षेत्र लिगलिगकोट–सिरानचोक हुदै गोरखा दरबारसम्मको खुल्ला म्याराथुन दौडको उपाधि भीमबहादुर गुरुङले जिटेका छन् । गोरखा आरुघाट गाउँपालिकाको थुमीका नेपाली सेनाका पूर्व गुरुङले आज बिहान भएको प्रतियोगितामा निर्धारित ४२ किलोमिटर दुरी ३ घण्टा १७ मिनेट २ सेकेण्डमा पूरा गरे ।

प्रतियोगितामा गरुङले ११३ जना प्रतिस्पर्धीलाई पछाडि पार्दै प्रथम ‘लिगलिगकोट–सिरानचोक–गोरखा दरबार म्याराथुन दौड’ को उपाधि जित्नु भएको हो । जितसँगै गुरुङले रु एक लाख ५० हजार पुरस्कार प्राप्त गरेका छन् ।

 प्रतियोगितामा रुकुमका दुर्गाराज बुढा दोस्रो भए । उनले निर्धारित दुरी ३ घण्टा १५ मिनेट ४५ सेकेण्डमा पूरा गर्नुभएको आयोजकले जनाएको छ । यसैगरी प्रतियोगितामा नेपाली सेनाका सविन तामाङ तेस्रो भएका छन् । तामाङले निर्धारित दुरी ३ घण्टा ३० मिनेट २ सेकेण्डमा पूरा गरे । प्रतियोगितामा दोस्रो हुने बुढाले रु एक लाख र तेस्रो हुने तामाङले रु ७५ हजार नगद पुरस्कार प्राप्त गरेका छन् । 

एक सय १४ जनाको सहभागिता रहेको प्रतियोगितामा चौथो, पाँचौ, छैठौँ, सातौँ, आठौँ, नवौँ र दशौँ हुनेलाई क्रमशः रु ५० हजार, रु ३५ हजार, रु ३० हजार, रु २० हजार, रु १५ हजार र रु १० हजार नगदसहित पदक र प्रमाणपत्र प्रदान गरिएको छ । इतिहास र पर्यटनको प्रबद्र्धन गर्न नेपाल भ्रमण वर्ष २०२० को पूर्वसन्ध्यामा गोरखाको ऐतिहासिक क्षेत्रको प्रचार–प्रसारका लागि प्रतियोगिताको आयोजना गरिएको सिरानचोक गाउँपालिका अध्यक्ष राजु गुरुङले जानकारी दिए ।

अध्यक्ष गुरुङले विसं १६१६ भदौ २५ गते द्रव्य शाहलाई पस्लाङमा राज्याभिषेक गरेर गोरखा राज्यको स्थापना गरिएको सम्झनामा आज प्रतियोगिता गरिएको बताए । नेपाल एकीकरणको उद्गमस्थल गोरखाको पालुङटार नगरपालिकाको लिगलिगकोटदेखि सिरानचोक गाउँपालिकाको चित्रेपोखरी, गोरखा नगरपालिकाको छेवेटार हुँदै रामशाहको चौताराबाट गोरखा दरबारसम्म पुगेर समापन भएको थियो ।

नेपाल एकीकरणको उद्गम थलो गोरखाको इतिहास स्थलको जगेर्ना गर्दै पर्यटन प्रर्वद्धनमा सहयोग पुर्याउने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको पालुङटार नगरपालिकाका प्रमुख दिपकबाबु कडेलले जानकारी दिए । गोरखाको पालुङटार नगरपालिका, गोरखा नगरपालिका, सिरानचोक गाउँपालिका र रणसिंह दल गणको आयोजनामा प्रतियोगिता सम्पन्न भएको हो ।  
 

सम्बन्धित समाचार

लिगलिगकोट–गोरखा दरबार म्याराथुन दौडको उपाधि गरुङले जिते

गोरखा । गोरखाको ऐतिहासिक क्षेत्र लिगलिगकोट–सिरानचोक हुदै गोरखा दरबारसम्मको खुल्ला म्याराथुन दौडको उपाधि भीमबहादुर गुरुङले जिटेका छन् । गोरखा आरुघाट गाउँपालिकाको थुमीका नेपाली सेनाका पूर्व गुरुङले आज बिहान भएको प्रतियोगितामा

भ्रमण वर्षका लागि सेनाको लिगलिगे दौडदेखि शान्ति गोष्ठीसम्म

काठमाडौँ । सरकारको स्न २०२० को भ्रमण वर्ष सफल तुल्याउन नेपाली सेनाले ऐतिहासिक लिगलिगे दौडदेखि संयुक्त राष्ट्रसङ्घको शान्ति स्थापना कार्यसम्बन्धी गोष्ठी गर्ने भएको छ । रक्षा मन्त्रालय र नेपाली सेनाबाट आव

'लिगलिगका राजा' चुनिए अनिश  

काठमाडौं । नेपाली सेनाका अनिश थापा मगर गोरखामा लिगलिगे राजा चुनिएका छन् । आइतबार आयोजित लिगलिगे दौडमा सबैलाई उछिन्दै अनिश प्रथम भएसँगै उनलाई लिगलिगे राजाको श्रीपेच लगाइएको हो ।  अनिशलाई संस्कृति, पर्यटन

गोरखामा राजा छनोट गर्न लिगलिगे दौड

गोरखा। गोरखामा राजा छनोट गर्न यही असोज २८ गते लिगलिगे दौड प्रतियोगिता हुने भएको छ ।  लिगलिगकोट विकास अभियानले सदरमुकाममा आज पत्रकार सम्मेलनको आयोजना गरी लिगलिगे म्याराथन २०७५ को तयारी तीव्ररुपमा


z