• २०८१ बैशाख ८ शनिबार

आइफोन ११ लाई विशेष बनाउने १० प्रमुख विशेषता

kharibot

काठमाडौं । आइफोन निर्माता एप्पलले आफ्नो बार्षिक इभेन्ट सेप्टम्बर १० मा आइफोनको ११औ सिरिज लन्च गरेको छ ।

एप्पलले आइफोन ११, आइफोन ११ प्रो र आइफोन ११ प्रो म्यास गरी तीन फोन लन्च गरेको छ । यस रिपोर्टमा एप्पलले घोषणा गरेका नयाँ आइफोन सिरिजका केहि महत्वपूर्ण फिचर प्रस्तुत गर्ने प्रयास गरेका छौ ।

१.    सबैभन्दा बलियो आइफोन : एप्पलका अनुसार नयाँ घोषणा गरिएको आइफोन अहिलेसम्म कै बलियो आइफोन रहेको छ । यसमा मजबुत ग्लासको प्रयोग भएको र वाटर रेसिस्ट लाई समेत यस पटक अझ राम्रो गरिएको छ ।

२.    ६० एफपीएस ४के विडियो रेकर्डिङ : नयाँ आइफोनमा अब ४ के विडियो ६० एफपीएसमा रेकर्ड गर्न सकिने छ । यसको मद्दतले स्लो मोशनमा उत्कृष्ट भिडियो रेकर्ड गर्न सकिने एप्पलले जनाएको छ ।

३.    तिब्र फेसआइडी : एप्पलका अनुसार फेसआइडीमा पहिला भन्दा ३० प्रतिशत तिब्रता दिइएको छ । अर्थात् अब नयाँ आइफोनको फे आइडी पहिला भन्दा ३० प्रतिशत छिटो खुल्ने छ ।

४.    नयाँ यूआई चीप : नयाँ आइफोनमा अल्ट्रावाइड टेक्नोलोजीका साथ यूआइ चिप समेत दिइएको छ ।

५.    वाई फाई ६ सपोर्ट : एप्पलका नयाँ मोडलका आइफोनले वाईफाई ६ नेटवर्कलाई समेत सपोर्ट गर्ने छन् ।

६.    १८ वाट फास्ट चर्जिंङ : एप्पलका अनुसार आइफोनको नयाँ मोडलहरुमा १८ वाट फास्ट चार्जीङ सपोट दिइएको छ ।

७.    दुई एयरपड कनेक्शन : नयाँ आइफोनमा एकै पटक दुई एप्पल एयरपडस् कनेक्ट गर्न सकिने छ ।

८.    अडियो जूम : नयाँ मोडका आइफोनमा अडियो जूमको फिचर समेत समावेश गरिएको छ । यस किसिमले कुनै पनि विडियो जूम गर्दा टाढा रहेको बस्तु या गतिविधिको आवाज समेत रेकर्ड हुने गर्दछ ।

९.    एप्पल वाचमा डबल स्टोरेज : एप्पल वाच सिरिज ५ मा पछिल्लो सिरिजको तुलनामा दुई गुणा स्टोरेज दिइएको छ । पछिल्लो सिरिजमा १६ जीबी स्टोरेज दिइएको थियो भने नयाँ एप्पल वाचमा ३२ जीबी स्टोरेज दिइएको छ ।

१०.  इन्टरनेशनल इमर्जेन्सी कल : एप्पल वाचको ५ सिरिजमा  जीपीएस तथा सेल्युलर मोडलमा विशेष इन्टरनेशनल इमर्जेन्सी फोन गर्न सकिने सुबिधा दिइएको छ ।               

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै