• २०८१ बैशाख १२ बुधबार

रसुवाको पासाङ ल्हामु राजमार्ग बन्द : खोल्न एक साता लाग्ने 

kharibot

फाइल तस्बीर

रसुवा । रसुवाको पासाङ ल्हामु राजमार्ग बुधबार साँझदेखि पूर्णरूपमा बन्द भएको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी सपनाकुमारी भट्टराईका अनुसार अबिरल वर्षाका कारण बुधबार साँझ करीब ५ बजे कालिकास्थान ग्राङबीचको राम्चे भिर नजिक राजमार्ग भासिँदा राजमार्ग पूर्णरूपमा क्षति हुँदा सवारी आवागमन बन्द भएको हो ।

सो सडक नेपाल–चीनबीचको व्यापारिक एकमात्र राजमार्ग भएकाले छिटोभन्दा छिटो राजमार्ग सञ्चालनका लागि डिभिजन सडक कार्यालयसँग समन्वय भइरहेको सहायक प्रजिअ भट्टराईले जानकारी दिए ।

राजमार्ग सञ्चालन गर्न कम्तीमा एक हप्ता लाग्ने अनुमान रहेको छ । राजमार्ग पूर्णरूपमा बन्द हुँदा एकातिर काठमाडौँ–रसुवाको सिधा यातायात सम्पर्क टुटेको छ । 

पहिरो स्थल सदरमुकाम धुञ्चेबाट करीब १५ किमी दक्षिणमा रहेको छ । काठमाडौँबाट रसुवा आउने सवारीसाधनलाई कालिकास्थानमा र रसुवागढीबाट काठमाडौँ जाने सवारीसाधनलाई धुञ्चेमा रोकिएको ट्राफिक प्रहरीले बताएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै