• २०८१ बैशाख ८ शनिबार

सिपिएलमा सन्दीपको जादु : तिन विकेट लिएपछि बार्बाडोस जित नजिक

kharibot

काठमाडौँ । क्यारेबियन प्रिमियर लिग (सिपिएल) मा नेपाली स्पिनर सन्दीप लामिछानेले सेन्ट किट्स एण्ड नेभिसविरुद्धको खेलमा ३ महत्वपूर्ण विकेट लिएका छन् ।

सन्दिपले ३.५ ओभर बलिङ गर्दै २२ रन दिएर ३ विकेट लिएका हुन् । पहिला ब्याटिंग गररेको बार्बाडोसले दिएको १८७ रनको लक्ष्य पछाएको सेन्ट किट्स अहिलेसम्म १४.५ ओभरमा ७ विकेट गुमाएर १०७ रन मात्र बनाएको छ । अहिले खेल बर्षाले रोकिएको छ ।

सन्दीपले ६४ रन बनाएर खेलिरहेका लाउरी इभान्स, १२ रन बनाएर खेलिरहेका समारह ब्रुक्स र सेन्ट किट्सका कप्तान कार्लोस ब्रेथवेटलाई १ रनमा आउट गरेका थिए ।

सन्दीपले पहिलो दुई ओभरमा ७-७ रन दिएका थिए भने तेस्रो ओभरमा ६ रन दिएर दुई विकेट तथा चौथो ओभरको ५ बलमा २ रन दिएर एक विकेट लिएका छन् ।

यस अघि खेलेको पहिलो खेलमा अस्वस्थ भएका कारण एक ओभरमात्र बलिङ गरेका सन्दीपले यस सिजनको यस खेलमा एकै ओभरमा दुई विकेट लिएर तथा खतरनाक ब्याट्सम्यान कप्तान ब्रेथवेटको विकेट लिएर बार्बाडोसलाई जितको नजिक पुर्याएका छन् ।
      

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै