• २०८१ बैशाख ७ शुक्रबार

सेन्ट किट्समाथि बार्बाडोसको रोमान्चक जित, सन्दीप बने म्यान अफ द म्याच

kharibot

काठमाडौँ । क्यारेबियन प्रिमियर लिग (सिपिएल) मा आफ्नो पहिलो खेलमा बार्बाडोस ट्रीडेन्टसले जित हासिल गरेको छ ।

विहिबार बिहान सम्पन्न खेलमा बार्बाडोसले सेन्ट किट्स एण्ड नेभिस पात्री यट्सलाई १८ रनले पराजित गरेको हो ।

बार्बाडोसले दिएको १८७ रनको लक्ष्य पछाएको सेन्ट किट्सले २० ओभरमा ९ विकेट गुमाउदै १६८ रन बनाए पछि खेल १८ रनले गुमाएको हो ।

सेन्ट किट्सका लागि लाउरी इभानले सर्वाधिक ६४ रन बनाए भने शमराह ब्रुक्सले १३ तथा इवान लुइस, जासन मोहमद र रायद एमरितले १२-१२ रन बनाएका थिए ।

बार्बाडोसबाट खेलिरहेका नेपाली स्पिनर सन्दीप लामिछानेले यस खेलमा ३ महत्वपूर्ण विकेट लिएका छन् ।

सन्दिपले ४ ओभर बलिङ गर्दै २२ रन दिएर ३ विकेट लिएका हुन् ।

सन्दीपले ६४ रन बनाएर खेलिरहेका लाउरी इभान्स, १२ रन बनाएर खेलिरहेका समारह ब्रुक्स र सेन्ट किट्सका कप्तान कार्लोस ब्रेथवेटलाई १ रनमा आउट गरेका थिए ।

सन्दीपले पहिलो दुई ओभरमा ७-७ रन दिएका थिए भने तेस्रो ओभरमा ६ रन दिएर दुई विकेट तथा चौथो ओभरको ५ बलमा २ रन दिएर एक विकेट लिएका छन् ।

त्यस्तै बार्बाडोसका अलागी कप्तान जासन होल्डर र हेडेन वाल्शले २-२ विकेट लिए भने जोश लालोर र रोशोन प्रिमुसले एक एक विकेट लिए ।

यस अघि टस हारेर पहिला ब्याटिंग गरेको बार्बाडोसले २० ओभरमा २ विकेट गुमाउदै १८६ रन बनाएको थियो ।

बार्बाडोसका लागि लेनिको बाउचरले अविजित ६२ रन बनाएका थिए । त्यस्तै जोनसन चार्लिजले ५२ रन बनाए । त्यस्तै जेपी डुमिनिले १८ बलमा ४३ रनको आक्रामक पारी खेलेका थिए भने एलेक्स हेल्सले १८ रन बनाएका थिए ।

यस खेलमा सन्दीप म्यान अफ द म्याच बनेका छन् ।        

अहिलेसम्म २ खेल खेलेको बर्बाडोसको यो पहिलो जित हो भने सेन्ट किट्सको यो चुठो खेलमा तेस्रो हार हो ।

अब बार्बाडोसले आगामी आइतबार क्रिस गेलको टिम जमैका तल्लावाहविरुद्ध खेल्ने छ ।          

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै