म्याग्दीमा डोजरमा आगजनी

खरीबोट

गलेश्वर । म्याग्दीको बेनी नगरपालिका–५ बगुवाखोलामा राखिएका तीन डोजरमा अज्ञात समूहले बुधबार राति आगो लगाइदिएको छ ।

निर्माण व्यवसायी सङ्घ म्याग्दीका अध्यक्ष नारायण जिसीको बिएन कन्ट्रक्सनका तीन जेसिभीमा अज्ञात समूहले आगो लगाइदिएको हो ।

बेनी तथा जिल्लाका विभिन्न योजनाहरुमा काम गर्ने गरी तयारी अवस्थामा राखिएका डोजरमा गए राति आगो लगाइदिएको बिएन कन्ट्रक्सनका सञ्चालक नारायण जिसीले जानकारी दिए । उनले निष्पक्ष छानविनको मागसमेत गरेका छन् ।

आगलागीबाट तीनवटै जेसिभी जलेर नष्ट भएका छन् । घटनास्थलमा प्रहरीको टोली पुगेको छ । 

पटक–पटक अज्ञात समूहले धम्की दिने गरेको भए पनि आगलागी कसले गरेको हो भन्ने कुरा अहिलेसम्म खुल्न सकेको छैन । विगतमा समेत जिसीका विभिन्न निर्माण उपकरणमा आक्रमण हुने गरेको थियो ।

जिल्ला प्रहरी कार्यालय म्याग्दीले आगजनी गर्नेको खोजी भइरहेको जनाएको छ । घटना गएराति १२ बजेतिर भएको हुनसक्ने अनुमान गरिएको छ ।

सम्बन्धित समाचार

म्याग्दीमा डोजरमा आगजनी

गलेश्वर । म्याग्दीको बेनी नगरपालिका–५ बगुवाखोलामा राखिएका तीन डोजरमा अज्ञात समूहले बुधबार राति आगो लगाइदिएको छ । निर्माण व्यवसायी सङ्घ म्याग्दीका अध्यक्ष नारायण जिसीको बिएन कन्ट्रक्सनका तीन जेसिभीमा अज्ञात समूहले आगो

इँटा उद्योगमा डोजर लगाउँदा १० करोड नोक्सानी

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिकाको निर्देशनमा भकुण्डेबेसीमा स्थापना भइराखेका आठ इँटा उद्योगको भौतिक संरचनामाथि डोजर लगाउँदा कम्तीमा रु १० करोडभन्दा बढीको सामग्री नोक्सान भएको नेपाल इँटा उद्योग महासङ्घले जनाएको छ

डोजरको भरोसा !

दुई दिनदेखिको अविरल बर्षाका कारण विपी राजमार्ग (धुलिखेल–बर्दिबास सडकखण्ड) अन्तर्गत काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–९ कालढुङ्गास्थित भ्याकुरे खोलामा शनिबार डोजरको सहायताले बाइक र अलपत्र यात्रु तार्दै । पुलबाट अन्डरपास नहुँदा बाढी पुलमाथि

डोजर लगाई हटाइए पुरानो बसपार्कका अवैध सटर

काठमाडौँ । राजनीतिक  कार्यक्रम तथा आमसभाका लागि प्रसिद्ध स्थान खुलामञ्च पछिल्लो समय साघुरिँदै गएको छ । पुरानो बसपार्क सारेर खुलामञ्चको उत्तरपट्टि राखिएको छ । राजनीतिक आन्दोलन एवं सार्वजनिक सभाका लागि


z