• २०८१ बैशाख ७ शुक्रबार

सिटी एक्सप्रेस र अमेरिकाको “रेमिट्ली” बिच रेमिटान्स सम्झौता

kharibot

काठमाडौँ । सिटी एक्सप्रेस मनी ट्रान्सफर र अमेरिकाको ख्यातिप्राप्त रेमिटान्स कम्पनी रेमिट्लीबीच रेमिटान्स सम्झौता भएको छ ।

अमेरिका, युरोप, क्यानडामा रहने नेपालीहरुले अब रेमिट्लीको मोबाइल एप्लिकेशन डाउनलोड गरी सजिलै आफ्नो आफ्न्तलाई मोबाइलबाट पैसा पठाउन र नेपालमा सिटी एक्सप्रेससँग आबद्घ ७ हजारभन्दा बढी एजेन्ट्हरुबाट सजिलै भुक्तानी लिन सकिने या कुनै पनि बैंकको खातामा रकम जम्मा गर्न सकिने छ ।

उक्त सम्झौतामा सिटी एक्सप्रेसको तर्फबाट सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रबन्ध निर्देशक चन्द्र टण्डन र रेमिट्लीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत म्याथ्यू अप्पनहाईम्रले हस्ताक्षर गरेका छन् ।

सिटी एक्सप्रेसले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउदै बिगत १३ वर्ष देखि बिश्व भरी आफ्नो रेमिट एजेन्ट्हरुबाट ७ हजारभन्दा बढी नेपालको एजेन्ट्हरु मार्फत भुक्तानी प्रदान गर्दै आइरहेको छ । 
                          
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै