करेन्ट लागेर बुबाको मृत्यु, छोराछोरी गम्भीर घाइते

खरीबोट

जलेश्वर । महोत्तरीको एकडारा गाउँपालिकामा गएराति करेन्ट लागेर एक जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन् । 

मृत्यु हुनेमा एकडारा गाउँपालिका–४ चकवागाउँ बस्ने ४९ वर्षीय सियाराम ठाकुर रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले जानकारी दिए । उनका अनुसार ठाकुरको घरको भुइँमा नाङ्गो तार झरेको अवस्थामा गएराति अचानक सो तार छुन पुगेपछि बुबा सियारामको करेन्ट लागेको देखेर छोराछोरीले बचाउन खोज्दा उनीहरुलाई पनि करेन्ट लागेको थियो । 

करेन्ट लागेर गम्भीर घाइते भएका सियारामका १७ वर्षीय छोरा सुरेश ठाकुर र १० वर्षीया छोरी पूजाकुमारीको जिल्ला अस्पताल जलेश्वरमा उपचार भइरहेको प्रहरीले जनाएको छ । 

करेन्ट लागेर गम्भीर घाइते भएका तीनै जनालाई स्थानीयवासीको सहयोगमा गएराति नै उपचारका लागि जिल्ला अस्पताल जलेश्वरमा ल्याइएकामा सियारामको उपचारकै क्रममा मृृत्यु भएको प्रहरीले जनाएको छ । 
 

सम्बन्धित समाचार

करेन्ट लागेर बुबाको मृत्यु, छोराछोरी गम्भीर घाइते

जलेश्वर । महोत्तरीको एकडारा गाउँपालिकामा गएराति करेन्ट लागेर एक जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन् ।  मृत्यु हुनेमा एकडारा गाउँपालिका–४ चकवागाउँ बस्ने ४९ वर्षीय सियाराम ठाकुर

विद्युतका खुला तारबाट वन्यजन्तु सधै जोखिममा : करेन्ट लागेर हात्ती घाइते

बर्दिया(ठाकुरद्वारा) । विद्युत प्राधिकरणको खुला विद्युतीय तारले गर्दा वन्यजन्तुहरु असुरक्षित हुदै गएको देखिएको छ । गत शनिवार राति बर्दिया राष्ट्रिय निकुञ्जबाट निस्किएको जंगली हात्ती सामुदायिक वनमा जाने क्रममा विद्युतको पोलबाट लत्रिएको

सैनिक ब्यारेकमा करेन्ट लागेर कामदारको मृत्यु

मध्यपुरथिमि । चाँगुनारायण नगरपालिका– ५ खरिपाटीस्थित नेपाली सेनाको ब्यारेक सैनिक प्रतिष्ठान खरिपाटीमा करेन्ट लागेर आज एक मजदूरको मृत्यु भएको छ । आज महानगरीय प्रहरी परिषर भक्तपुरका प्रहरीले नायब उपरीक्षक रेवतीरमण पोखरेलले

करेन्ट लागेर चितवनमा एकको मृत्यु

भरतपुर । भरतपुर महानगरपालिका–११ अमनचोकमा शनिबार साँझ पानी तान्ने मोटरमा करेन्ट चुहिएर पर्सा पोखरीया नगरपालिका–३ घर भएका ३१ वर्षीय अनरजित मुखियाको मृत्यु भएको छ । भरतपुरमा मजदुरी गर्दै आएका उनको भरतपुर


z