पहिरोमा पुरिएर दुई बालिकाको मृत्यु

खरीबोट

रुकुमपश्चिम । मुसीकोट नगरपालिका– १० चुनमा पहिरोमा पुरिएर दुई बालिकाको मृत्यु भएको छ । 

बुधबार बेलुकी ५:३० बजेको समयमा बाटो माथिबाट आएको पहिरोमा पुरिएर स्थानीय डिलबहादुर विककी छोरी १२ वर्षीया डिलमाया विक र सोही ठाउँकी रणबहादुर कामीकी छोरी १० वर्षीया सावित्री विकको मृत्यु भएको हो ।

विद्यालयबाट घर फर्किने क्रममा बाटो माथिबाट आएको पहिरोमा पुरिएर दुवै जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमका प्रमुख प्रहरी नायब उपरीक्षक सुमित खड्काले जानकारी दिए ।  
 

सम्बन्धित समाचार

पहिरोले पुरिएर बालकको मृत्यु

काभ्रेपलाञ्चोक । अविरल वर्षाका कारण आज बिहान पहिरो गई काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–४ फेदीस्थित दोभानमा रहेको पसल पुरिँदा एक बालकको मृत्यु भएको छ ।  बिहान ६ बजे पसलमाथिबाट पहिरो खस्दा पुरिएर मण्डन

दोलखामा १२० घर पहिरोको जोखिममा

दोलखा । जिल्लाका अधिकांश स्थानमा अविरल वर्षाका कारण एक सय २० घर जोखिममा छन् । लाखौँ रुपैयाँको  धनमाल नष्ट भएको छ । अधिकांश स्थानमा पहिरोको जोखिम बढेपछि बस्ती स्थानान्तरण गर्नुपर्ने

रोल्पामा पहिरोमा पुरिएका ६ मध्ये दुईको शव फेला

रोल्पा । अविरल वर्षासँगै गएराति गएको पहिराबाट थबाङ गाउँपालिका वडा नं २ छेर्लोवाङमा पहिरामा परी पुरिएका छमध्ये दुई जनाको शव फेला परेको छ । पहिरामा पुरिएकी २८ वर्षीया फिरकुमारी बुढा र

सिद्धबाबाको पहिरोमा पुरिएर चालकको मृत्यु, ६ जना घाइते 

रुपन्देही । सिद्धबाबा राजमार्गअन्तर्गत पाल्पा–बुटवल सडकखण्डको सिद्धबाबा नजिकै पहिरो खसेर चालकको मृत्यु भएको छ । आज बिहान १०:३० बजे बुटवलबाट पाल्पातर्फ आउँदै गरेको लु१ज २६१७ नंको जिपलाई माथिबाट खसेको पहिरोले पुर्दा


z